Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सानो झुण्ड अलग हुँदैमा आत्तिनु पर्दैन: महरा

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ८ असार । एकीकृत नेकपा (माओवादी) का स्थायी समितिका सदस्य एवम् पूर्व उप-प्रधानमन्त्री कृष्णबहादुर महराले एकीकृत नेकपा माओवादीबाट वैद्य समूहको सानो झुण्ड अलग हुँदैमा पार्टी कार्यकर्ता आत्तिन र विचलित हुनपर्ने अवस्था नरहेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी सङ्गठनको तेस्रो केन्द्रीय भेलाको आज यहाँ उद्घाटन गर्दै माओवादी नेता महराले अहिलेको सङ्क्रमणकालीन अवस्थामा पार्टी पार्टीबीच र अन्तर पार्टीभित्र सहमति र सहकार्य हुने बेलामा पार्टी विभाजन गरेर कार्यकर्ताहरूमा घात पुर्‍याएकाले इतिहासमा जनताले त्यसको पनि मूल्याङ्कन गर्ने धारणा राखे।

फाइल फोटो, जनताको पहलकदमीमा नै पहिचानसहितको नयाँ संविधान बन्नुपर्नेमा जोड दिँदै उनले यसका लागि एकीकृत नेकपा (माओवादी) जनसुकै सङ्घर्ष गर्न पनि तयार रहेको जानकारी दिए।

राजनीतिक सहमतिबिना अहिलेको सङ्क्रमणकालले निकास नपाउने विचार व्यक्त गर्दै नेता महराले पहिला जातीय पहिचानसहितको संविधानको टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माओवादी तयार रहेको बताए।

नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक उपेन्द्रदेव भट्टले पेट्रोलियम पदार्थमा खर्च हुने एक खर्ब रुपैयाँको केही प्रतिशत विद्युत् उत्पादनमा लगाउनसके ऊर्जा सङ्कट घट्ने बताए। (रासस)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by