Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

महावीर पुनले २ वर्षभित्र पूर्वाञ्चलभर इन्टरनेट पुर्‍याउने (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता-
झापा, ८ असार । नेपालको ग्रामीण भेकमा सूचना प्रविधि पुर्याउने काममा लागि परेका समाजसेवी महावीर पुनले २ वर्षभित्र पूर्वाञ्चलका सबै गाविसहरूमा इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखेका छन्।

सुप्रसिद्ध म्यागासेसे पुरस्कारद्वारा सम्मानित समाजसेवी महावीर पुनले अमेरिकामा रहेका नेपालीहरूको संस्था समानताले अमेरिकामा बस्ने एक नेपालीबाट एक डलर सहयोग संकलन गरी उक्त योजना पूरा गरिने बताएका छन्।

झापामा आयोजित एक कार्यक्रममा बोल्दै पुनले पूर्वाञ्चलका सबै गाविसमा २ वर्षभित्र इनटरनेट पुर्‍याउनका लागि काम शुरु भइसकेको बताए। उनले विद्यालय, अस्पताल र गाविसमा निशुल्क सेवा दिने र अन्य सर्वसाधारणका लागि सहुलियत दरमा इन्टरनेट उपलब्ध गराउने जानकारी दिए।
फाइल फोटो

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by