Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कलाकार हरिवंश आचार्यको दोस्रो विवाह

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ असार । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले विहीवार दोस्रो विवाह गरेका छन्।

डेढ वर्षअघि पत्नी मीरा आचार्यको आसामयिक निधन भएपछि विक्षिप्त जस्तै भएका हरिवंशले पछि विस्तारै आफूलाई सम्हाल्दै आएका थिए।

हरिवंशका छोराहरु त्रिलोक र मोहित, दिदीहरु, परिवारका सदस्य, मदनकृष्ण श्रेष्ठलगायत कलाकारहरु तथा सुभेच्छुकहरुको आग्रहमा बुटवलकी रमिला पाठकसंग सहयात्रा गर्ने औपचारिक बिबाह बन्धनमा बाँधिएका हुन्।

हरिवंशले विगत एक दशकअघि बिधवा भएकी रमिला पाठकसंग बिहे गरेर समाजमा सकरात्मक सन्देश पनि दिएका छन्। रमिला र हरिवंशबीच १० वर्षको अन्तर रहेको विवाह कार्यक्रममा सरीक भएका रवीन्द्र समीरले फेसबुकको आफ्ना स्टाटसमा उल्लेख गरेका छन्।

कलायात्रामा अनवरत साथसाथ रहेका मदनकृष्ण श्रेष्ठले विवाहपछि बैंककबाट फोन गरेर शुभकामना व्यक्त गरेका थिए। श्रेष्ठ आफ्नी पत्नीको स्वास्थ्य उपचारको लागि हाल थाइल्याण्डमा छन्।
तस्विर सौजन्यः रवीन्द्र समीर फेसबुक

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by