Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

गीतकार चन्द्र ठकुरीको सहकारीका सुसेलीको परिचर्चा

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, प्राइम वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा गाएक तथा सङगीतकार चन्द्रबहादुर ठकुरीको गिती एल्वम सहकारीका सुसेलीको पोखरामा परिचर्चा गरिएको छ।

राज्यले हामीलाई के दियो होइन हामीले राज्यलाई के दिन सक्यौ भन्ने उद्धेश्यले देशमा सहकारीको विकास र यसबाट हुने फाइदालाई जोड दिदै गायक तथा सङगीतकार चन्द्र ठकुरीको गिती एल्वम सहकारीका सुसेलीको एल्वम पोखरामा परिचर्चा गरिएको हो।

तस्विरः उमेश पुन / एचकेनेपाल डट कम

अधिवक्ता तथा कलाकार कृष्ण गुरुङले एल्वमको चर्चा गदै उक्त एल्वममा नेपाली कृषि क्षेत्र तथा सवै जनजातिहरुको बारेमा समेटिएको बताए। उनले अनेकतामा एकता भएको गीत भएकोले यो गीत राष्ट्रिय स्तमै पुरस्कृत गर्न बिषेश पहल गर्ने बताए। अधिवक्ता तथा कलाकार गुरुङले संस्कतिमाथि राजनीतिक हस्तक्षेप हुन नहुनेमा समेत जोड दिए।

यस एल्वममा ६ वटा भाका मध्ये १ वटा अंग्रेजी र १ वटा जापनिज भाषाको गीत रहेका छन्। बिबि अनुरागीको संगीत संयोजन रहेको यस गीतमा जापनिज गायिका नामिको मेतिकावा, स्वरुपा रसाइली रुपा जोसीलगायतका कलाकार रहेका छन्।

गायक तथा सङगीतकार चन्द्र ठकुरीको अध्यक्षतामा भएको एल्वमको परिचर्चा कार्यक्रममा कास्की वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीम गुरुङ, एल्वम व्यबस्थापक तथा प्राईम बचतका अध्यक्ष अनिल जोशीलगायतले बोलेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by