एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ असार । केन्द्रीय कार्य समितिको निर्णयमा भंग गरिएको नेपाली काग्रेस चितवन कार्यसमितिका सभापति विकास कोइरालाले नेपाली काग्रेसभित्र लोकतन्त्रको पक्षमा हिड्नेका लागि कुनै स्थान नभएको आरोप लगाएका छन्।
विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कोइरालाले पार्टी लोकतन्त्र र विधीको शासन विरोधी हिडेको आरोप लगाउँदै चितवन कार्यसमिति भंग गर्दा पार्टीले न्यायको सामान्य सिद्धान्त समेत पालना नगरेको दावी गरे।
उनले भने-लोकतन्त्र र विधीको शासन अनुसार चल्ने काग्रेसले मलाई स्पष्टिकरणको अवसर पनि दिएन। फेरि विधान विपरित अनुशासन आयोगमा निर्णय नै नगराई सिधै केन्द्रीय कार्य समितिबाट निर्णय गरायो।
पार्टीभित्र दरवारीया नेताहरु हावी भएको भन्दै उनले महामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वाग्रह ढंगले प्रतिवेदन तयार परेर आफ्नो जवाफमा छलफल नै नगर्राई निर्णय गरेर आफूलाई अन्यायमा पारेको गुनासो गरे। उनले भने-सिटौला कहाँबाट परिचालित छन् यसको म पछि पर्दाफास गरिदिन्छु। यस्तै मान्छेले काग्रेसले विघटन तिर लैजान्छन। उनले काग्रेस सिध्याउने योजनामा सिटौला सहितका केही नेताहरु लागिपरेको भन्दै त्यस्ताको विरोधभच संर्घष गर्नुको विकल्प नभएको बताए।
आफूले कुनै गल्ती नगरेको भन्दै उनले गल्ती प्रमाणित गरेर देखाए जुनसुकै कारवाही भोग्नसमेत तयार रहेको चेतावनी दिए।
हिजो बसेको काग्रेसको केन्द्रीय समितिको बैठकले तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको कारागारमा भएको हत्याको विषयमा जानकारी भए पनि रोक्न र कार्यकर्ता संरक्षण गर्न नसकेको भन्दै चितवन कार्यसमिति भंग गरेको थियो। उनले पौडेललाई काठमाडौमा पक्राउ गरिएको, चिरन्जीवी वाग्ले, गोविन्दराज जोसी र खुमबहादुर खड्कालाई पनि पार्टीले संरक्षण गर्न नसकेको भन्दै आफूलाई दोष लगाउने भए केन्द्रले पनि दोषको भागिदारी बन्नु पर्ने जिकीर गरे।
हुकुम प्रमाङगीमा कुनै कार्यकर्तालाई स्थपित गर्न भंग गरिएको भन्दै त्यसका विरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिए। पत्रकार सम्मेलनमार्फत उनले विधीवत निर्वाचित कार्यसमिति पुर्नस्थापन गर्न माग गर्दै त्यसका लागि आन्दोलन गर्ने घोषणा पनि गरे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस