Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आत्तिएरै बाँचे भरतराज पन्त

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
कमल दीक्षितले लेखेका थिए ‘भरतराज पन्तको हृदय सफा थियो । मनमा एउटा कुरा, मुखमा अर्को कुरा गर्ने उनको बानी थिएन। त्यसैले होला उनले एकपटक मलाई, ‘पेटमा एउटा कुरो मुखमा अर्को कुरो राख्न कपटी भनी छाँसेका थिए।’

पन्त खरो हुने ठाँउमा खरो थिए र नरम हुने ठाँउमा नरम थिए । उनी छिटै रिसाउँथे र छिटै खुसाउँथे, उनी न्याय पनि गर्थे र अन्याय पनि खप्न सक्तैन थिए । उनी जस्तो लेख्थे त्यस्तै बोल्थे । त्यसैले नेपाली काव्य फाँटमा उनले शिर्षथ आसन जमाएका थिए । वास्तवमा उनी यस फाँटका अद्वितीय नै थिए । उनी जे देख्थे त्यही लेख्थे । लेख्तालेख्तै उनी आफ्नो मनको चुर्ना झारेरै लेख्थेः

जालीको करङै भाँच
लोभीको रगतै झिक
असत्तीलाई सुलैले रोपेर
गरिदेउ ठिक ।

पन्त आफ्नो बुतामा हिंड्थे । उनी मरुन्जेल काम गर्थे र समय उवारेर पढ्थे । नयनराज पाण्डेले उनलाई संस्कृत छात्रावासमा भर्ना गरिदिए । भर्नाका क्रममा पाण्डेले ठाकुरदत्त पन्तलाई भरतराज पन्तमा रुपान्तरित गरिदिए । त्यसपछि पन्तले पर्ढाईमा खुबै मन दिए । अनि अनेक दुक्खकष्टको माझ पनि उनले आचार्य गरे।

पन्तले वेदवेदाड्ग विद्यालयमा पढाए । उनी नेपाल राष्ट्रिय विद्यापीठ र नारी विद्या पीठमा पनि प्रधानाध्यापक थिए । उनले शान्ति विद्यागृह हाइस्कूलमा पनि शिक्षण गरे । साथै उनलाई सरस्वती कलेजका संस्थापक तथा प्रिन्सिपल शड्करराज पाठकले सो कलेजको प्राध्यापनमा पनि आबद्ध गराए । २०१५ सालदेखि नोकरी सुरु गरेका पन्त संस्कृत छात्रावासमा २०३० सालसम्म खरदार स्तरको शिक्षकमा कार्यरत थिए । नयाँ शिक्षा लागु भएपछि सरस्वती कलेज क्याम्पसमा परिणत भयो र उनी ठाडै उपप्राध्यापक बने । उनले संस्कृत छात्रावासबाट राजीनामा गरे । अनि उनले ४७ बर्षो उमेरमा एम्एको परीक्षा दिए र पास पनि गरे । त्यसपछि उनी त्यस क्याम्समा सहप्राध्यापक भए।

पन्त लेखनमा पनि घोटिई रहे । २०१२ सालमा सरस्वती सदनमा भएको कविता प्रतियोगितामा तेस्रो भएर उनी कविभूषण भए । त्यसबेला बालकृष्ण समले प्रसंशाको बक्तव्यका साथ उनलाई सो पदक लगाई दिए ।सोही समारोहमा लक्ष्मीप्रसाद देवकोटाले उनलाई ‘बाबूले राम्रो कविता लेख्नु भयो’ भनेका थिए । वास्तवमा सम र देवकोटाको उनीप्रतिको सम्वादपछि उनको साहित्यिक यात्रा फक्रन थाल्यो । उनले साहित्यमा समर्पित भए वापत आदिकवि भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार, भूपाल पुरस्कार, रुद्रराज पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार पाए । साथै उनले अन्य सम्मान, अभिनन्दन र प्रशंसापत्रहरु पनि एक डोको पाए । अनि तक्माको हकमा चाहिं यिनले प्रवल गोर्खादक्षिण बाहु, गद्धी आरोहण रजतपदक र वीरेन्द्र ऐर्श्वर्य सेवापदक पाएका थिए।

नेपाली भाषासाहित्यमा सुविख्यात पन्त नेपाली कविताको वाणिर्क परम्पराका सिद्धहस्त कवि थिए । उनी गीत, कविता, निबन्ध, प्रबन्ध, कथा र समालोचनाका प्रखर स्रष्टा थिए । उनले खण्डकाव्य र महाकाव्य लेखेर आफ्नो नाउँलाई नेपाली कविताको शिर्षस्थानमा पुर्‍याए । यसैमाझ उनका जम्मा २३ वटा कृति प्रकाशनमा आए।

पन्तको जन्म १९८६ साल असार ३० गते काठमाडौंमा भएको थियो । उनी मणिदत्त पन्त र ललितादेवीका छोरा थिए । उनी जन्मेको तीन वर्षा नै उनकी आमा स्वर्गीय भइन् । अर्को वर्षनेपालमा महाभूकम्पमा परेर उनको घर नै भत्कियो । तर उनका बुवाले केही वर्षउनलाई त्यही भत्केको घरको छिंडीको कुनामा राखेर हर्ुकाएका थिए।

पन्तको पन्ध्र वर्षपुग्दानपुग्दै गोपालराज पाण्डे र पूर्र्णोन्दूप्रियाकी छोरी चित्रकुमारी पाण्डेसँग विवाह भयो । यिनको बिहेको भोलिपल्ट नै यिनका बुवालाई हटात ज्वरो आयो र त्यसको छ दिनमा उनी स्वर्गीय भए । त्यसपछि पन्तको अत्यन्तै दुक्खको दिनचर्या आरम्भ भयो। एकातिर पतिपत्नी माझ दिनहुँको कलह र अर्को तिर दुखद आर्थिक अवस्थाले डाम्न थालेपछि उनी विछिप्त हुँदै गए।

पन्तकी श्रीमती रूपकी राम्री थिइँन् र उनी तरुनी पनि हुँदै आइन् । त्यसैले उनको श्रीमतीप्रतिको प्रेम, वासना र कामुकता पनि बढ्दै गयो । तर बराबर लोग्नेस्वास्नीको झैंझगडाले त्याहाँ आगो बलिरहने पनि गथ्र्यो । अनि अनमेलमा नै भए तापनि यी दम्पतिबाट दिनेश र रमेश अनि कल्पना र मुना गरी ४ जना छोराछोरी जन्मे । त्यसपछि आर्थिक अवस्थाले त्यो परिवार झनसारो मरणसन्नै भयो । त्यही तापसमेत जोडिएपछि उनकी पत्नी झनै झोक्राउन थालिन्, अर्ध चेतनामा बोल्न थालिन र लोग्नेको वदनाममा टोलछिमेक थर्काउन थालिन् । अन्ततः उनी विछिप्तमा नै रित्तिइन्।

दयनीय आर्थिक अवस्थाले पन्तको मन चकानाचुर थियो । त्यस घडी कहींकतै पुराण वाचन गर्न बोलाए भने उनी दङ्ग पर्दै त्यता हानिन्थे । पूजा पुराणबाट प्राप्त आम्दानीबाट पनि उनी घर चलाउँथे । तर पनि घरको भत्केको चालाका कारण यता टाल्यो उत फाट्ने क्रमले उनी घरिघरि भौंतारिने गर्थेे । वास्तवमा त्यसबेला उनको घर एक प्रकारको दर्रि्री अवस्थामा आइपुगेको थियो । त्यसैताक त्यसै परिवेशले आत्तिएर उनको जेठा छोरा प्रायः मातेर हिंड्न थालेका थिए । धेरै बर्षम्मको यस रीतमा कुण्ठित भएर २४ वषर्ीय उनको छोराले विष खाएरै भूगोलबाट आफूलाई हुत्याइदिए । यस बेहोराले पन्त मर्दै बाँच्तै गरे । यतिहुँदाहुँदै पनि उनलाई उनका कान्छो छोराको आड र भरोसा थियो । उनका कान्छो छोराले चाहिं एउटा थोत्रो घरलाई नयाँ पार्ने कसरत गरिरहेका थिए । उनी सरकारी जागिरदार भएकाले प्रायः देशविदेशको भ्रमणमा पनि गइबस्थे । तर पन्त त्यस छोराको पौरख खानबाट पनि एकाएक तैरिए । भनौं जेठा छोरा ंहिडेको वीस वर्षछि उनका कान्छा छोराले पनि पोखराको डेबिट फल्समा प्राण त्यागे । त्यसपछि उनी झनै आक्रान्त भए र उनले सुक्खको सास त्यति सारो फर्ेन नै सकेनन्।

पन्त आँसुकवि थिए। उनी बोल्दा पनि प्रायः कविता नै बोल्थे । अनि बोल्दाबोल्दै उनी थला परे । लामो समयसम्म थलिएपछि उनले २०६५ साल वैशाख १८ गते आफ्नो चोला विसाए । त्यतिबेला यिनका शत्रुमित्रुमध्ये धेरैले उनीप्रतिको कृतिम र मौलिक वेदना पनि पोखे । अनि त्यसबेला पनि यिनका कविता चाहिं बोलिरहेका थिएः

फूलमाला सजाएर
सिंगारे पनि के भयो?
लाठीमुड्ग्री बजारेर
बिगारे पनि के भयो?
पञ्चामृत चढाएर
फुर्क्याए पनि के भयो?
कुनै कुकुर आएर
तुर्क्याए पनि के भयो?

naiprasai@gmail.com

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by