Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

तमु ल्हेगे युवाहरुलाई १ महिने तालिम दिने

देवीजंग गुरुङ्ग / एचकेनेपाल डट कम-
कास्की, असार ४ । बर्षौदेखि मौखिक रुपमा सिमित संस्कार, संस्कृति र धर्मको संरक्षणका लागि कास्कीका ल्हेगे पच्यु गुरुङ्गहरु सक्रिय हुन थालेका छन्।

सिक्लेस, ताङतिङ र खिलाङ्ग ल्हेगे परीवारले आगामी श्रावण ३० गतेदेखि १ महिनासम्म आफ्नो संस्कार, संस्कृति र परम्पराका बारे नयाँ पुस्तालाई जानकारी गराउन र मौलिक परम्पराप्रति आस्था राख्नका लागि १ महिने पच्यु सम्वन्धी तालिम दिने भएको छ।

परिवारका अध्यक्ष गगनसिंह गुरुङका अनुसार मौलिक परम्पराहरु विर्सिदै गइरहेको अवस्थामा नयाँ पुस्तालाई आफ्नो मौलिक धर्म बोनबारे सचेतना जगाउनका लागि १ महिने पच्यु सम्वन्धी तालिम दिन लागेको हो। तालिममा सिक्लेस, ताङतिङ, खिलाङ्गका ल्हेगे युवाहरु सहभागी हुने भनिएता पनि अरु स्थानका इच्छुक ल्हेगेहरु पनि सहभागी हुन पाउने ल्हेगे परीवारका प्ये छ्या संकलन संयोजक हनरी कप्तान बिर वहादुर गुरुङले बताए।

तस्विरः देवीजंग गुरुङ्ग / एचकेनेपाल डट कम

तालिम अवधिभर ल्हेगे पच्युहरु बेल बहादुर गुरुङ्ग, गिन वहादुर गुरुङ्ग, चुरुमान गुरुङ्ग, चुउरु गुरुङ्ग, नर वहादुर गुरुङ्ग र दुँली गुरुङ्गले सहभागी ल्हेगे युवाहरुलाई प्रशिक्षण दिनेछन्।

१ महिनासम्मा हुने तालिममा गुरुङहरुको मृतकार्य, पय कार्यलगायतका कार्यहरुमा ल्हेगे पच्युहरुले गरिने कार्यहरुबारे सहभागीहरुलाई प्रशिक्षण दिने ल्हेगे पच्यु बेल वहादुर गुरुङ्गले जानकारी दिए।

तालिममा सहभागी हुन परीवारले सम्पूर्ण ल्हेग युवाहरुलाई आग्रह गर्ने ल्हेगे युवा एवम् संचारकर्मी देवीजंग ल्हेगे गुरुङ्गले जानकारी दिए।

गुरुङ्गहरुको बोन धर्म अनुसार कर्मकाण्डलगायतका कार्यहरु गर्न ल्हेगे पच्युहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ भने ल्हेपृ, क्रोम्छै पच्यु र वोन्पो लामाको पनि उत्तिकै आवश्यक पर्दछ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by