Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपतिलाई राजिनामा दिन शिव सेनाको माग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ असार । राष्ट्रिय शिव सेना पार्टीले संविधानसभाको विघटन भएर नयाँ संविधानसभाको निर्वाचनको घोषणा भईसकेको अवस्थामा मुलुक संविधानसभाको निर्वाचन भन्दा पहिलाको अवस्थामा फर्किसकेकोले राष्ट्रपति पनि नरहेकोले तत्काल राजिनामा दिएर मुलुकलाई निकास दिन माग गरेको छ।

सो पार्टीले आइतवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर पूर्वराजा ज्ञानेन्द्रले संविधानसभाको पहिलो बैठकको निर्णयलाई शिरोधार्य गरेर पद छाडे जस्तै संविधानसभाको बहुमतबाट निर्वाचित राष्ट्रपतिले पनि संविधानसभाको बिघटनपछि नैतिकताको आधारमा पद छाड्नु पर्ने जिकिर गरेको हो।

सो पार्टीले विघटित संविधानसभाको ठूलो दल एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीले पूर्व राजासहितको गोलमेच सम्मेलनको आयोजना गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्ने र सोही सरकारले गठन गर्ने विज्ञहरु रहेको आयोगले निर्माण गरेको संविधान संसदीय निर्वाचनबाट आएका प्रतिनिधिहरुले पारित गरेर जारी गर्ने ब्यवस्था गर्न पनि माग गरेको छ।

त्यसैगरी, पार्टीले राजा र राजसंस्थाको अस्तित्व स्वीकार गरी सहअस्तित्वमूलक सर्वमान्य संविधान जारी गर्नु पर्ने माग पनि अघि सारेको छ।

त्यसरी नै सुरक्षा निकायमा हुने गरेको राजनीतिक हस्तक्षेपको अन्त्य, उद्योग ब्यवसायको सुरक्षा गरी आर्थिक गतिविधीको बातावरण निर्माण र छिमेकी मुलुकसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुनु दिन नहुने माग पनि सो पार्टीले गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष विक्रमबहादुर बमले संविधानसभाको विघटनपछि प्रधानमन्त्रीबाहेक कुनै पनि पद नरहेको भन्दै अब प्रधानमन्त्रीले पहल गरेर राजासहितको गोलमेच सम्मेलनको आयोजना गरेर मुलुकलाई निकास दिनु पर्ने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by