एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ असार। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित काम गर्ने प्रधानमन्त्रीलाई राष्ट्र प्रमुख र संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले हटाउन सक्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा उनले भने- सरकारले संविधानको उल्लंघन गर्दा राष्ट्रपति अगाडि आउन सक्छन। सहमति र विधी टेकेर राष्ट्रपति अगाडि बढ्नु पर्छ।
यादवले संविधान उल्लंघन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको हैसियतमा काम गर्न नसक्ने दावी गर्दै संविधान निर्माणको बातावरण बनाउनै नसक्ने सरकारको हैसियत नै नभएको बताए।
उनले राष्ट्रपतिले संविधानको धारा १५८ बमोजिम अहिलेको बाधा अडकाउन फुकाएर मुलुकलाई निकास दिन अग्रसरता लिनु पर्नेमा समेत साक्षात्कामा जोड दिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस