Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हेलेन शाहले हड्पेको जग्गा फिर्ता गराई दिन माग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं ३२ जेठ । दरबारमार्गस्थित अन्नपूर्ण होटल अगाडि केएफसी बसेको जग्गा तत्कालिन राजपरिवारकी सदस्य हेलेन शाहले आफूहरुबाट जवरन हड्पेको भन्दै पीडितहरुले फिर्ता गराई दिन माग गरेका छन्।

अन्नपूर्ण अगाडि रहेको ३६ आना जग्गा केलटोल बस्ने मोतिमाया कुस्लेनीले देबेन्द्र समशेरसँग २०२३ सालमा ३६ हजार रुपैयामा किनेकी थिईन। सो मध्ये तत्कालिन राजपरिवारकी सदस्य हेलेन शाहलाई २७ हजार रुपैयामा १२ आना जग्गा कुस्लेनीले बेचेकी थिईन।

शाहले २७ हजारमा किने पनि ७ हजार मात्रै दिएर १२ आनासहित बाँकी २४ आना जग्गा पनि २०३६ सालमा डोर लगेर जवरजस्ती कब्जामा लिएको कुस्लेनीका नाती नरेन्द्र कपालीले बताए।

तत्कालिन राजपरिवारको शक्ति लगाएर हडपेको सो जग्गा आफूहरुले बेचेको कुनै प्रमाण नभएको र २०२५ सालसम्म मालपोत तिरेको रसीद समेत आफूसँग रहेको कपालीले बताए। कपालीका अनुसार फिल्डबुकमा समेत हेलेन शाहले १२ आना १ दाम १ पैसा जग्गा किनेको देखिएको छ।

शाहले पछि आफूले किनेको १२ आनासहित अनाधिकृत रुपमा कब्जा गरेको २४ आना गरी ३६ आना जग्गा नै कपिल शमसेरको नाममा बकसपत्र दिएको जानकारी दिदै कुस्लेनीका हकदार कपालीले सो अनाधिकृत रुपमा कब्जा गरिएको जग्गा फिर्ता गराउन सहयोग गरिदिन माग गरेका छन्।

हेलेन शाहले कपिल समशेरलाई बकसपत्र दिएको सो जग्गामा अहिले केएफसी रेष्टुरेन्ट रहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by