सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम-
आशफोर्ड, युके । सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले स्थानीय एभरेष्ट इन रेस्टुरेन्टमा प्रोपर्टी खरिद सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
तस्वीरहरूः सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम
समाजका अध्यक्ष पोपीराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रोपर्टी खरिद समितिका सचिब चित्रबहादुर गुरुङले गरेका थिए।
जातीय संस्थाका प्रतिनिधिहरु, स्थानीय ब्यापारीहरु साथै आशफोर्डबासीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको प्रारम्भमा समाजका अध्यक्ष पोपीराज राईले नेपाली साझा घर सम्पूर्ण आशफोर्डबासीहरुको आबश्यकता भएको र सबैको सहयोगबाट मात्र त्यो सम्भब हुने विचार ब्यक्त गरे।
प्रोपर्टी खरिद समितिका अध्यक्ष धन कुँवरले समितिले विगतमा गरेका कामहरुको बारेमा भेलालाई अबगत गराएका थिए र भाबी कार्ययोजनाहरुको बारेमा भने बृहत अन्तरक्रियाको आबश्यकता भएको र त्यसैको लागि भेला बोलाइएको कुरा प्रष्ट पारेका थिए।
कार्यक्रममा राजेन्द्र खिम्दिंग, प्रश्न राई, चित्रबहादुर गुरुङ, पदमलाल आले, कविराज घिसिंग, मुकेश छन्त्याल, निमा शेर्पा, पशुपति भण्डारी, धन लिम्बू, चेत गुरुङ, नरेन्द्रकुमार लिम्बूलगायतले आ-आफ्नो धारणा राखेका थिए।
आशफोर्डबासीहरुको लागि एउटा नेपाली साझा घर आवश्यक भएको, प्रोपर्टी खरिद समिति खडा भएर काम गर्न शुरु गरि सकेको र पाँचौ अधिबेशनमा समितिका सदस्यहरुद्वारा प्रोपर्टी खरिद सम्बन्धी बिबिध कार्ययोजनाहरु प्रस्तुत पनि गरिसकेको स्मरण गराउँदै सोही समितिलाई सबैले तन, मन साथै धनले सहयोग गरेर अघि बढ्नु पर्नेमा सबै बक्ताहरुले जोड दिएका थिए।
अन्त्यमा अध्यक्ष पोपीराज राईले हल, खाजा साथै खानाको स्पोन्सर गरेर सहयोग पुर्याएकोमा एभरेस्ट इनका प्रबन्धकद्य पशुपति भण्डारी र राजेन्द्र खरेललाई साथै कार्यक्रमलाई पूर्ण रुपमा सफल साथै एतिहासिक बनाउन सहयोग गरेकोमा उपस्थित सबैलाई हृदयदेखि धन्यवाद दिएका थिए।