Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एसएलसी फेल भएपछि ४ युवतीद्वारा आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३२ जेठ । एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि पाल्पा, नेपालगञ्ज, विराटनगर र धादिङका गरी चार किशोरीहरूले आत्महत्या गरेका छन्।

एसएलसी परीक्षामा असफल भएपछि पाल्पाका छहरा ४ गोलुङ्गसाकी १६ वर्षीया सरिता राना मगरले झुन्डिएर आत्महत्या गरेकी छन्। उनले घरमा कोही नभएको बेला आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनले भैरब नवदीप उच्च माबि छहराबाट परीक्षा दिएकी थिइन्।

नेपालगञ्जका १३ गोसाई गाउँकी १५ वर्षीया प्रतिक्षा शर्माले घरमा झुण्डिएर आत्महत्या गरेकी छिन्। उनले नारायण उच्च माविबाट एसएलसी परीक्षा दिएकी थिइन्।

त्यस्तै विराटनगर २० रानीकी मधु देवानले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनले श्रीराम उच्चमाविबाट एसएलसी परीक्षा दिएकी थिइन्।

त्यसै गरी, धादिङ ज्यामरुङ गाविसको वडा नम्बर ६ हनुमानडांडाकी १७ वर्षीया रेश्मा कंडेलले झुण्डिएर आत्महत्या गरेकी छिन। उनले सलको पासो लगाई आत्महत्या गरेको सल्यानटार प्रहरी चौकीले जनाएको छ। उनले रानीपौवा उच्च माविबाट एसएलसी परीक्षा दिएकी थिइन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by