Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपतिसंग बाधा अड्चन फुकाउन अपिल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं ३१ जेठ । स्वतन्त्र चेतनशील नागरिक समाजले पछिल्लो समयमा मुलुकमा देखिएको संवैधानिक संकट समाधानका लागि राष्ट्रपतिसँग सबैधानिक बाधा-अडचन फुकाएर संविधानसभा र्सशर्त पुनर्जीवित गर्न आग्रह गरेका छन्।

समाजले राजनीतिक अन्यौलता, संवैधानिक संकट सृजना भएको अवस्थामा सरोकारवाला संस्था, निकाय, व्यक्तिहरु सबैको सल्लाह र परामर्शमा राष्ट्रपतिले बाधा अड्चन फुकाउने काम तत्काल गर्नु पर्ने माग गरेको हो।

विघटित संविधानसभाका ६०१ सभासदहरु, राजनीतिक दलहरु, अधिकारकर्मी, न्यायकर्मी, सञ्चारकर्मी, विशेषज्ञ, न्यायाधिश र सबै तह र तप्काहरुको सहभागितामा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना संबैधानिका निकास दिनुपर्ने सो संस्थाको धारणा छ।

हालको संवैधानिक संकटको विवाद निकासको लागि विहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समाजले विघटित संविधानसभालाई र्सशर्त पुनर्जिवीत गराउनु एक मात्र विकल्प भएको भन्दै अन्तिम पटकको रुपमा ३ महिनाको म्याद दिएर केवल संविधान निर्माण गर्ने शर्तमा संविधानसभा पुनर्जिवित गरिनुपर्ने धारणा र्सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले अहिलेको संबैधानिक संकट संविधानसभाको चुनावनै उपयुक्त विकल्प रहेको दावी गरे। धमलाले भने- चुनावको विकल्प खोज्न थालियो भने नागरिक अधिकारको हनन हुन्छ । संविधानभन्दा राष्ट्रपति बाहिर जानुहुँदैन, कानुनको अक्षरस पालना गरी राष्ट्रपतिले निकास दिनुपर्छ।

स्वतन्त्र चेतनशील नागरिक समाजका सदस्य विनोद आचार्यले संघीयताको विवादका कारण संविधानसभाको विघटन भएको दावी गर्दै संवैधानिक संकटको निकासका लागि राष्ट्रपतिले र्सवपक्षीय गोलमेच सम्मेलन आब्हान गर्नु पर्ने बताए।

अर्का सदस्य बलबहादुर बस्यालले र्सवपक्षीय गोलमेच सम्मेलन गरी बहालवाला प्रधानन्यायाधीशको अध्यक्षतामा राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधानसभाको चुनाव गर्नु पर्ने धारणा राखे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by