Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एसएलसीको रिजल्ट सार्वजनिक, ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३१ जेठ । परीक्षा नियन्त्रण कार्यालयले बुधवार यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार यस वर्ष नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। त्यसैगरी आंशिकतर्फ यस पटक १३.७० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस वर्ष गत वर्षभन्दा ८.३४ प्रतिशतले कम परीक्षार्थी उत्तीर्ण भएका छन्।

यस वर्ष विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार ३ सय ८३, दोश्रो श्रेणीमा १ लाख १ हजार ४ सय २५ र तेश्रो श्रेणीमा ११ हजार ६ सय १९ पास भएका छन्। ५ सय १० जनाको परीक्षा रद्ध भएको परीक्षा नियण्त्रण कार्यालयले जनाएको छ।

यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए।

परीक्षामा दुई विषयमा अनुर्तिर्ण हुने परीक्षार्थीको मौका परीक्षा साउन १७ गते बुधवारदेखि २४ गते वुधवारसम्म हुने जनाएको छ।

एसएलसीको रिजल्ट प्राप्त गर्न
एसएमएसः SLC सिम्बोल नम्बर, उदाहरणको लागि SLC 123456B टाइप गरी ५२२५ मा एसएमएस गर्ने
इन्टनेटः http://slc.ntc.net.np/slc2068_ledger.php
जन्ममितिसहित सिम्बोल नम्बर

डाउनलोड रेगुलरतर्फको रिजल्ट

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by