सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ३० जेठ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक चार बच्चाको जन्म भएको छ।
सप्तरीको वैरवा ४ की २० वर्षीया विमलादेवी मण्डलले मंगलवार ४ सन्तान जन्माएकी हुन्।
प्रतिष्ठानले दिएको जानकारी अनुसार चार वच्चामध्ये पहिलो वच्चाको तौल १ किलो ४ सय ग्राम, दोस्रो वच्चाको तौल १ किलो ५ सय ग्राम, तेस्रो वच्चाको तौल १ किलो ७ सय ग्राम र चौथो वच्चाको तौल १ केजी रहेको छ।
एकै पटक चारवटा वच्चा जन्मिएको यो पहिलो पटक भएको प्रतिष्ठानले जनाएको छ। विमलादेवीले पहिलो पटक वच्चा जन्माएकी हुन्। आमा र वच्चा दुवैको स्वास्थ्य स्थिति राम्रो रहेको प्रतिष्ठानका डाक्टर अमृत साहले जानकारी दिए।
डाक्टर साहका अनुसार शल्यक्रिया मार्फत वच्चा निकालिएको थियो।