एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार १ गते हुने जनप्रदर्शनलाई सफल पार्न पार्टीनिकट मजदुर संगठनको नेतृत्वलाई निर्देशन दिएका छन्।
ललितपुरको खन्न गार्मेन्टमा सोमवार भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टीले राजधानीमा आयोजना गरिन लागेको जनप्रर्दशनलाई सफल बनाउन मजदुर संगठनको नेतृत्वलाई निर्देशन दिएका हुन् ।
प्रचण्डले पार्टीभित्रको अन्तरद्धन्द्धले भातृ संगठनहरुमासमेत विवाद देखिएको बताउंदै मजदुर संगठनलाई एक बनाएर अगाडि बढाउन सुझाव दिए।
उनले पार्टी एकताको प्रयाश गरेपनि उपाध्यक्ष मोहन बैद्य किरण समूहले छलफल गर्न समय नै नदिएको गुनासो व्यक्त गरे। उनले कांग्रेस सभापति सुशील कोईराला र एमाले नेता केपीलाई भेट्न समय हुने तर पार्टी एकताका लागि छलफल गर्न बैद्य समूहले समय दिन नसकेको बताए।