Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

स्वास्थ्यकर्मीहरुबीच प्रधानमन्त्री भट्टराई (भिडियोसहित)

सन्तोष काफले / एचकेनेपाल डट कम-
धरान, २७ जेठ। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिचान सहितको संघीयता जारी गर्न नसकेका कारण पहिलो संविधानसभाको विघटन भएको बताएका छन्।

भट्टराईले शनिवार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौ दिक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका छन्।

भट्टराईले सबै लोकतान्त्रिक पार्टीले राजनीतिक सहमति बनाएर जानुपर्ने बताउदै लोकतन्त्रलाई संस्थागत विकास गर्नका लागि आगामी मंसिर ७ गते हुने दोस्रो संविधानसभाको चुनावमा जानुको विकल्प नरहेको बताए। भट्टराईले संविधानसभा विघटन भएपछि संविधानविहीन भएको भन्दै संविधानसभाको विकल्प अझै सहमावेशी र सहभागितामूलक संविधानसभा हुनु जरुरी रहेको समेत प्रष्ट पारे। साथै भट्टराईले राष्टिय सहमतिबाट मात्र राजनीतिक संक्रमणको अन्त्य हुने भएकाले राष्टिय सहमतिमा आउन सवै दलहरुलाई आगह गरे।

संक्रमणकालमको स्थायी निकाशका लागि संविधान सभाको निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ थियो। भट्टराईले स्वास्थ्य क्षेत्रले पनि लोकतान्त्रिक पद्धतिमा ठूलो महत्व राख्ने बताउदै व्यक्तिगत स्वार्थभन्दा सेवाभावले भरिपूर्ण भएर जनताको सेवा गर्न समेत सुझाव दिए। राष्ट निमार्ण स्वाथ्यकर्मीको भूमिका महत्वपूर्ण रहने भएकोले स्वास्थ्यकर्मीहरुलाई राष्ट निमार्णमा एक जुट भएर लाग्न आगह गरे।

दिक्षान्त समारोहमा वौल्दै डा भट्टराईले प्रतिष्ठानले हजारौ स्वास्थ्य दक्ष जनशक्ति तयार पार्नमा महत्वपूर्ण भूमिका रहेको बताउदै प्रधानमन्त्री भट्टराईले यसमा भारत सरकारको सहयोगको समेत मूल्यांकनलाई कम आंकलन गर्न नमिल्ने समेत उनको भनाई थियो। स्वास्थ्य सेवालाई शहरमुखी भन्दा पनि गाउमुखी वनाउन आग्रह समेत गरे।

प्रतिष्ठानका उपकुलपति प्रा.डा बलबद्रप्रसाद दासको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा २०६७/०६८ सालमा उत्तीर्ण भएका एम.डी/एम वी विएस, एस्सी, एम.पि., एच.एम.वि.वि.एस लगायतका २४७ जना तथा एमविविएस तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी रोशन झाललाई उपकुलपति स्वर्ण पदक प्रदान गरिएको थियो।

सञ्जयगान्धी स्नात्तकोत्तर आर्युविज्ञान अध्ययन संस्थान लखनऊ भारतका निर्देशक आचार्य डा. राजकुमार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा स्वास्थ्यमन्त्री राजेन्द्र महतो प्रतिष्ठान सञ्चालक समितिका पदाधिकारीहरु, शिक्षक तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

हेर्नुहोस् भिडियोः

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by