Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अखिल नेतालाई आफ्नै साथीबाट गोली प्रहार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ जेठ । अनेरास्ववियूका नेता बसन्त शाहीमाथि शुक्रवार विहान गोली प्रहार भएको छ।

काठमाडौंका प्रहरी प्रमुख जयबहादुर चन्दले विद्यार्थी नेता शाहीमाथि बिहान साढे ८ बजे उनकै घर सोहृखुटे नयाँ बजार अगाडि गोली प्रहार भएको जनाएका छन्। उनको घाँटीमा गोली लागेको छ।

गोली लागेर गम्भीर घाइते भएका शाहीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष नविना लामाका अनुसार शाही अमृत साइन्स क्याम्पस अनेरास्ववियू प्रारम्भिक कमिटिको उपाध्यक्ष हुन्।

प्रहरीले दुई व्यक्ति मुकेश नेपाली र विरबहादुर रावतलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट पेस्तोल खेलाउने क्रममा विष्फोट भएको देखिएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी जयबहादुर चन्दले दुर्घटनावश गोली लागेको देखिएको बताए। उनका अनुसार अमृत साइन्स कलेजका स्ववियु उपसभापति वीरबहादुर रावतको कोठामा मुकेश नेपाली र बसन्त शाहीसमेतलाई मनोज खत्रीले पेस्तोलमा गोली कसरी राख्ने, कसरी ताक्ने र कसरी चलाउने भन्दै सिकाउँदै गरेको अवस्थामा अकस्मात् गोली चलेको बताएको छ। घटनालगत्तै खत्री फरार छन्।

प्रहरीले मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल र तीन वटा प्रयोग नभएको गोली रावतको कोठाबाट बरामद गरेको छ। घाइते शाही अहिले खतरामुक्त रहेको जनाइएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by