Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

रगतको अभावको खबर सार्वजनिक भएपछि रक्तदान

श्याम गुप्ता / एचकेनेपाल डट कम-
बारा, २५ जेठ । रक्त संञ्चार केन्द्रमा रगतको अभाव भएको खबर सार्वजनिक भएपछि बाराको जीतपुरमा पनि विहीवार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

रक्तसंञ्चार केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी रगत अभाव भएको खबर बिभिन्न संघ संस्थाहरुलाई रक्तदान गर्न आग्रह गरेपछि जीतपुर युवा क्लबको आयोजना तथा आदर्श गाउँ बिकास समिति जीतपुरको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

क्लबका अध्यक्ष मनोज कुमार साहको सभापतित्व तथा ब्लड डोनर एसोसिएसन पर्सा अध्यक्ष शत्रुधन नेपालको प्रमुख अतिथ्मा सम्पन्न भएको सो कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा क्लबका अध्यक्ष साहले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरी कार्यक्रमको सुरुवात गरेका थिए।

कार्यक्रममा जीतपुर लगायत सिमरा तथा बीरगंजका सुदर्शन काफ्ले, इरसाद आलम, बिनोद साह, मोमताज आलम, मंतोष ठाकुर, आत्माराम अधिकारी, सुबोध पौडे्ल, देवानन्द साह, पुकार सिंहलगायतका युवाहरु सहभागी भई रक्तदान गरेको रक्तसंञ्चार केन्द्र बीरगंजका इन्चार्ज प्रवीण मानन्धरले बताए।

कार्यक्रमको सहजिकरण रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरका नेत्र सहायक सुदर्शन काफ्लेले गरेका थिए।

कार्यक्रममा रक्तदान गर्दै सहभागी। श्याम गुप्ता / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by