मैनाली १८ वर्षपछि नेपाल फर्के
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २ असार। जापानको जेलमा १५ वर्ष जेल जीवन बिताएका गोविन्दप्रसाद मैनाली शनिवार नेपाल फर्केका छन्।
जापानी महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी १५ वर्षसम्म जेलमा थिए। टोकियोस्थित उच्च अदालतले निर्दोष रहेको भन्दै रिहा गरेपछि उनी १८ वर्षपछि स्वदेश फर्कन पाएका हुन्।
अदालती सुनुवाई सुन्न जापान पुगेका श्रीमती राधा, दुई छोरीसहित उनी स्वदेश फर्किएका हुन्।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसंग छोटो प्रतिक्रिया दिदै ढिलै भएपनि न्याय पाएको बताए।
मैनाललाई लिन ७९ वर्षीया बृद्ध आमा चन्द्रकला, दाजु ईन्द्रलगायत परिवारका सदस्य त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। लामो वर्षपछि मैनालीलाई भेट्न पाउंदा आमासहित उनका परिवार भावविव्हल भएका थिए।
मैनाली १५ वर्षपछि जेलमुक्त
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ जेठ । जापानी महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा जेल परेका गोविन्दप्रसाद मैनाली १५ वर्षपछि विहीवार जेल मुक्त भएका छन्।
टोकियोस्थित उच्च अदालतले मैनाली निर्दोष रहेको भन्दै रिहा गर्न आदेश दिएको थियो। यसअघि, जापानी महिलाको बलात्कारपछि हत्या गरेको ठहर गर्दै सोही अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो।
सन् १९९७ मार्चमा ३९ वर्षीया यौनकर्मी महिलाको बलात्कारपछि हत्या अभियोगमा उनी जेलमा थिए। महिलाको बीर्य र रौंको डीएनए परीक्षणपछि इलामका मैनाली निर्दोष सावित भएका हुन्।
मैनालीकोको सुनुवाई सुन्न मैनाली पत्नी राधा र दुई छोरी अदालत पुगेका थिए ।
भिडियो हेर्नुहोस्