सुरज गुरुङ्ग / एचकेनेपाल डट कम-
दक्षिण कोरियामा रहेका नेपालीहरूले नवौं अवतार खाम्टुल रिन्पोचेबाट आशिर्वाद ग्रहण गरेका छन्। नेपाल बौद्ध परिवारले आयोजना गरेको कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष२०१२ को समेत प्रचारप्रचार गरिएको थियो।
भारत धर्मशाला नजिक खाम्पागर गुम्बा ताशीजोङ्ग (डक्पाकग्यू) मा बस्नुहुने रिन्वोचेको विशेष उपस्थितिमा यहाँका विभिन्न गुम्बाहरूमा आशिर्वाद दिने कार्यक्रम रहेको रिन्पोचेका सहयोगीले बताए।
तस्वीरः सुरज गुरुङ्ग / एचकेनेपाल डट कम