Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आशफोर्डमा नेपाली महोत्सव

सोदिप लिम्बु/ एचकेनेपाल डट कम-
आशफोर्ड, केन्ट ५ जुन। आशफोर्डमा कार्यरत नेपालीहरुले सोमबार डोभर हाईटमा एसबिइ नेपाली महोत्सब भब्यताको साथ सम्पन्न गरेका छन्।

२०० भन्दा बढी एसबिइमा कार्यरत नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा एसबिइका जेनेरल म्यानेजर मुनिष र उनका पत्नी प्रमुख अथितिका रुपमा उपस्थित थिए।

तस्विरहरूः सोदिप लिम्बु/ एचकेनेपाल डट कम

युकेको अस्त-ब्यस्त जीवनशैलीलाई एकदिन भए पनि मन र मस्तिष्कबाट हटाएर रमाइलो गर्ने उद्धेश्यले बर्षमा एकचोटी एसबिइ भेलाको आयोजना गरेको आयोजक गणेश इजमले भेलालाई जानकारी गराए।

२ चरणमा बिभाजन गरिएको कार्यक्रमको शुरुवातमा एसबिइ ७ ए साइड फुटबल सफलतापूर्बक सम्पन्न भएको थियो। ७ वटा टीमले सहभागिता जनाएको उक्त प्रतियोगिताको विनरको उपाधि रिम नाइट टीमले हात पारे भने ओरेंज नाइट टीम रनर अप घोषित भए। त्यसैगरी, टग अफ वारमा पुरूषतर्फ रिम आफटरनुन बिजयी घोषित भए भने महिलातर्फ भने संयुक्तरूपमा सहभागी गराइएको थियो।

कार्यक्रमको दोस्रो चरणको प्रारम्भमा काजी लिम्बुले आकस्मिक घटना भइ हालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा हलमा उपस्थित सबैलाई जानकारी गराएका थिए।

शिशिर लिम्बुद्वारा सञ्चालित साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूले मिठा गीतहरु प्रस्तुत गरेर सबैलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। एसबिइभित्र लुकेको कलालाई सबैसामु प्रस्तुत गर्ने मौका सबैलाई मिलोस भन्ने उद्धेश्यले आयोजना गरिएको एसबिइ आइडलमा धेरैले सहभागिता जनाएका थिए।

आइडलका निर्णायकहरूमा मदन शेरचन, रतन लिम्बु र मिना शेर्पाले दिएको कमेन्टहरु सुनेर दर्शकहरु पेट मिची – मिची हाँसेका थिए। कडा प्रतिष्पर्धा माझ सम्पन्न प्रतियोगिताबाट दान आलेलाई यस बर्षको एसबिइ आइडल घोषित गरियो।

एसबिइका जेनेरल म्यानेजर मुनिषले बिजयी खेलाडीहरुलाई ट्रफी साथै अन्य पुरष्कारहरु प्रदान गरेका थिए। कार्यक्रमको अन्त्यमा डिजे मिन शेर्पाले उपस्थित सबैलाई धित मर्ने गरि रातको १० बजेसम्म नचाएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by