Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

काँग्रेस र एमालेको आन्दोलनविरुद्ध सरकारले कठोर कदम चाल्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २३ जेठ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले काग्रेस र एमालेले आन्दोलनको नाममा निर्वाचन र अग्रगमनलाई विथोल्ने षडयन्त्र गरे सरकारले आन्दोलनविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानका नमिलेका विषयमा काग्रेस र एमालेले सहमति जनाए वा निर्वाचनबाट अर्को सरकार आए मात्रै प्रधानमन्त्री पदमुक्त हुने स्पष्ट पार्दै काग्रेस र एमालेले भन्दैमा प्रधानमन्त्रीको राजिनामा नआउने दावी गरे।

साक्षात्कारमा उनले भने-मुलुकमा अहिले काग्रेस र एमालेले भने जस्तो कुनै संबैधानिक संकट छैन। राज्यपुर्नसंरचना आयोगले सिफारिस गरेको १० प्रदेशमा काग्रेस र एमालेले सहमति जनाए तत्कालै प्रधानमन्त्रीले पद छाडिदिनु हुन्छ। नभए छाड्नु हुन्न। कसैले धम्क्याएर प्रधानमन्त्रीले पद छाड्नु हुन्न। चुनाव र अग्रगमनलाई विथोल्न खोजे काग्रेस र एमालेको आन्दोलनविरुद्ध सरकार जस्तो सुकै कडा कदम चाल्न पनि तयार छ।

काग्रेस र एमालेको बकम्फुसे कुराले आन्दोलन हुनै नसक्ने भन्दै उनले निर्वाचनमा जाँदा जमानजफ्त हुने भयले काग्रेस र एमालेले चुनावको विरोध गरेको आरोप समेत लगाए।

संविधानसभाको विघटन यथास्थितिबादी नेकपा एमालेको कारण भएको भन्दै काग्रेस एमालेको जालमा फसेको ठोकुवा सञ्चारमन्त्रीले गरे। उनले काग्रेस र एमाले भन्दा उनीहरुभित्रका जातीय ककस बलियो भएकोले पनि उनीहरु निर्वाच्नमा जान डराएको दावी गरे।

साक्षात्कारमा एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य देबप्रसाद गुरुङले बर्तमान सरकारलाई विस्थापित गरेर सहमतिको सरकार निर्माणकोलागी आफ्नो समूह सडक आन्दोलनमा जान तयार रहेको घोषणा गरे। उनले सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिने र्सतमा काग्रेस र एमालेको आन्दोलनलाई समेत समर्थन गर्ने स्पष्ट पारे।

सत्तामा टिकिरहने स्वार्थका कारण प्रधानमन्त्रीले संविधानसभा विघठन गरेको आरोप लगाउँदै गुरुङले भने-दलहरुलाई फुटाएर राजगर्ने राष्ट्रिआत्मर्समपणबादी विचार र शक्तिकेन्द्रको आडनमा संविधानसभा विरुद्ध षडयन्त्र भएको भन्दै राजनीतिक रुपमा राष्ट्रिय सहमति नभएसम्म मुलुकले निकास नपाउने दावी गरे।

उनले सरकारले घोषणा गरेको निर्वाचनबाट मुलुकले निकास पाउन सम्भव नरहेको भन्दै बृहत राजनीतिक सम्मेलन गरेर निकास खोज्नु पर्ने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by