Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सेतीबाढी पीडितको सहयोगार्थ कतारी रियल ११ हजार थप सहयोग

एचकेनेपाल डट कम संवाददाता-
दोह कतार, ३ जुन । तमु समाज कतारका सल्लाहकार बिलबहादुर गुरुङको संयोजकत्वमा गठित सेती बाढीपीडीत सहयोग समिति २०१२ कतारले गरेको अपिल अनुसार गत शुक्रवार (१ जुन २०१२) संकलन भएको सहयोग रकमको विवरण निम्नानुसार भएको जानकारी प्राप्त भएको छ।

एनआरएनए-एनसीसी कतारको तर्फबाट क.रि.१,४००, तमू सांस्कृतिक परिवारका नृत्य निर्देशक आरमान तमूको सकृयतामा ग्रुप फोर सेल जिटिएलमा कार्यरत नेपाली दाजुभाईहरुबाट क.रि.८६५, तमू सांस्कृतिक परिवारका कोषाध्यक्ष सूर्य तमूको सकृयतामा क.रि.३०५, तमू सांस्कृतिक परिवारका सचिव खुशीमान तमूको सकृयतामा क.रि.२०३, तमू सांस्कृतिक परिवारका सदस्य पमबहादुर तमूको सकृयतामा पोखरा युनाईटेड क्लब कतारका सदस्यहरुबाट क.रि.३६६, तमू सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष तोरण तमूको सकृयतामा एजेक्ट कम्पनीमा कार्यरत नेपालीहरुबाट क.रि.२२२, पूर्वाञ्चल सम्पर्क समितिका सचिव हरिकाजि तमूको सकृयतामा क.रि.९०, पश्चिमाञ्चल सर्म्पर्क समितिका सचिव मिनबहादुर तमूको सकृयतामा क.रि.५२६, महिला विभागका सदस्य दिलकुमारी तमूस्योको सकृयतामा अल दल्ला क्लिनिङ कम्पनीमा कार्यरत नेपाली दिदीबहिनीहरुबाट क.रि.६२५, महिला विभागका सदस्य रुपा तमूस्योको सकृयतामा लाईफ स्टायल कम्पनीमा कार्यरत नेपालीहरुबाट क.रि.२२२, प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष रसबाहादुर तमूको नेतृत्वमा क.रि.५६८, प्ये ताँ ल्हु ताँ समितिका सल्लाहकार इच्छा तमूको सकृयतामा कतार नेभिगेशन कम्पनी कार्गोमा कार्यरत नेपालीहरुबाट क.रि.१,०६३, तमू खेलकुद समितिका निवर्तमान अध्यक्ष बुद्ध तमूको सकृयतामा क.रि.१,१२६, तमू खेलकुद समितिका कोषाध्यक्ष माधव तमूको सकृयतामा क.रि.१५८, तमू समाज कतारका अध्यक्ष बिमल तमूको सकृयतामा दमाक क्याटरीङ कम्पनीमा कार्यरत नेपाली दाजुभाईहरुबाट क.रि.६४९, बुद्धिबहादुर तमूको सकृयतामा युनाईटेड रेडिमिक्स कम्पनीमा कार्यरत नेपालीहरुबाट क.रि.४५५, तिलबहादुर तमूको सकृयतामा क.रि.१९९, श्याम न्यौपाने मार्फ मोहन तमूको सकृयतामा ग्यालेक्सी सेक्युरेटीमा कार्यरत नेपालीहरुबाट क.रि.५९६, अध्यक्ष गोकुल थापा मार्फ मोरङ सुनसरी प्रवासी सेवा समाज कतारको तर्फबाट क.रि.५४१, अध्यक्ष छविरमण कटुवाल मार्फ पा“चथर सेवा समाज कतारको तर्फाट क.रि.१५१, सल्लाहकार टंक भट्टराई मार्फत समाज सेवा अभियान रुपन्देही कतारको तर्फबाट क.रि.१०१, कार्यवाहक अध्यक्ष दशरथ राई मार्फत किराँत राई यायोख्खा शाखा कतारको तर्फबाट क.रि.१०१, अध्यक्ष रामबहादुर सुनुवार मार्फत प्रवासी सुनुवार सेवा समाज कतारको तर्फबाट क.रि.१००, सभापति इ.विद्यानन्द चौधरी मार्फत थारु कल्याणकारीणी सभा कतार च्याप्टरको तर्फबाट क.रि.१५०, महासचिव डमबहादुर भुजेल मार्फत नेपाल प्रवासी भुजेल सेवा समाज कतारको तर्फबाट क.रि.१०१, सल्लाहकार मानबहादुर साँवा लिम्बु मार्फत किराँत याक्थुङ चुम्लुङ कतारको तर्फाट क.रि.१५१, महासचिव शरण थापा मगर मार्फत नेपाल प्रवासी मगर संघ कतारको तर्फाबाट क.रि.१०१, महासचिव प्रकाश दराई मार्फ नेपाल प्रवासी दराई सेवा समाज कतारको तर्फबाट क.रि.६० गरि जम्मा क.रि.११,१९५ संकलन भएको छ।

स्मरण रहोस गत १८ मई शुक्रवारका दिन क.रि.५,२१७ र नेपाली रुपैया ५०० संकलन भई सकेको छ। यसरी बाढी पिडीतको राहत संकलनबाट हालसम्म कुल क.रि.१६,४१२ र नेपाली रुपैया ५०० जम्मा भएको छ। यसलाई तुरुन्त नेपाल पठाउने व्यवस्था मिलाउने संयोजक गुरुङले जानकारी दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by