एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ फागुन । सरकारले आजैदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलमा प्रतिलिटर चार चार रुपैयाँका दरले भाउ बढाएको हो।
त्यसैगरी, निगमका अनुसार हवाई इन्धनमा पनि चार रुपैयाँ बढेको छ। पेट्रोल प्रतिलिटर एक सय १२ रुपैयाँबाट बढेर १ सय १६ रुपैयाँ, डिजेल र मटि्टतेल ८१ रुपैयाँबाट बढेर प्रतिलिटर ८५ रुपैंया, हवाई इन्धन पनि प्रतिलिटर १ सय ९ रुपैया पुगेको छ।
लगातार घाटा सहिरहेको निगमले मूल्यबृद्धि गरेपछि घाटा प्रतिमहिना ८५ करोडमा झर्ने जनाइएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस