सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान। एउटी महिलाले एक पटकमा एउटा वच्चा जन्माउनु त स्वाभिवकै हो तर एकै पटकमा एकभन्दा वढी वच्चा जन्माएको कमै उदाहरण पाइन्छ तर झापाकी एक महिलाले एकै पटक तीनवटा वच्चाको जन्म दिएकीछिन् त्यसमा पनि समय नै नपुगि।
झापाको गरामनि ७ की २६ वर्षीया माया राजवंशीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विहीवार राती तीनवटी वच्चालाई जन्म दिएकी हुन्।
प्रतिष्ठानले दिएको जानकारी अनुसार पहिलो वच्चाको तौल १ किलो २सय ग्राम, दोस्रोको १ किलो ६सय ग्राम र तेस्रो वच्चाको १ किलो ५सय ग्राम रहेको छ।
अवधि नपुगि वच्चा जन्मिएको हुनाले तौलमा कमी भएको प्रतिष्ठानले जनाएको छ। तौलकमीको कारण वच्चालाई चिसोबाट जोगाउनका लागि अक्सिजनमा राखिएको छ।
प्रतिष्ठानका मेडिकल अफिसर डाक्टर रुपक भण्डारीले समय नपुगि जन्मिएको वच्चाको अगं प्रत्यंगको विकास नहुने भएकोले उनीहरुलाई मुटु,फोक्सोमा संक्रमण हुने डर भएकोले गर्भावस्थामा जस्तै तातो बनाएर राख्नुपर्ने आवश्यकताले नर्सरीमा राखिएको बताए।
उनीहरु तीनैजनाको स्वास्थ्यको अवस्था कमजोर रहेको छ भने आमाको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको डा. भण्डारीको भनाइ रहेको छ।
वच्चाका बावु जयराम राजवंशीले तीनजना वच्चालाई नै नर्सरीमा राख्नुपर्ने वाध्यता रहेको र त्यहाँ राख्नका लागि प्रतिदिन ५ हजार लाग्ने भएकोले आर्थिक अभावले गर्दा उपचारमा नै कठिन भएको उनले गुनासो गरेकाछन्।