एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २० जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको विघटनसंगै मुलुकमा संवैधानिक र राजनीतिक संकट सुरू भएको बताएका छन्।
राजनीतिशास्त्री सङ्घले ललितपुरमा शनिवार गरेको नेपालको नेपालको वर्तमान राजनीतिक सङ्कट र समाधान विषयको अन्तरक्रियामा बोल्दै नेपालले संविधानसभा विघटनको दोष एक अर्कामाथि थोपारे पनि माओवादीको गैरजिम्मेवारीका कारण सङ्कट आएको आरोप लगाए।
नेपालले संविधानसभा भित्रका दहरूसंग कुनै छलफल र सहमति नगरीकन संविधानसभाको अर्को चुनावको मिति घोषणा गर्नु असंवैधानिक रहेको उनले बताए।
संविधान बन्न नसक्ने विषय माओवादी र उसको नेतृत्वको सरकारको मात्र विषय नभई सबै राजनीतिक दल र सबै जनताको विषय भएकोले साझा सहमति गरेर वैधानिक तरिकाले घोषणा गरिनु पर्ने उनको राय थियो। अहिलेको अवस्थामा राजनीतिक समझदारी गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।
उनले आफ्नो पार्टी सङ्घीयता विरोधी नभए पनि त्यसको कुप्रचारको कारण कार्यकर्तामा विचलन आएको बताए। उनले पार्टीभित्र देखिएको विचलन र मतान्तरलाई छलफलबाट समाधान खोज्न सकिने बताउंदै पार्टी छोडेर नजान आग्रह गरे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस