एचकेनेपाल डट कम संवाददाता-
बर्दिया, १३ फागुन । विवाहको जन्ती बोकेको ट्याक्टर शुक्रवार राति दुर्घटना हुंदा दुलहीसहित ४ जनाको मृत्यु भएको छ। घटनामा ३१ जना घाइते भएका छन्।
मृत्यु हुनेहरूमा २० वर्षीया बेहुली पुष्पा चौधरी, १६ वर्षीया करिश्मा चौधरी, १३ वर्षीया सुष्मा चौधरी र २२ वर्षीया निर्मला चौधरी रहेका छन्। निर्मलाको उपचारको क्रममा र अन्य तीनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बेहुली पुष्पा, करीश्मा र सुष्मा एकै परिवारका सदस्य हुन्।
बर्दिया राष्ट्रिय निकुन्ज भित्रको चिसापानी व्यारेक नजिक भे १ त ३८ ४८ नम्बरको ट्रयाक्टर दुर्घटना हुंदा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस