Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङमा जातीय राष्ट्रिय मोर्चाको संयुक्त वैठक वस्यो

आम्भु जेठा/ एचकेनेपाल डट कम-
हङकङ, २६ मे । एकीकृत नेकपा माओवादी पार्टीको जातीय राजनैतिक मोर्चाको विदेश ब्युरो अन्तर्गत रहेको जातीय राष्ट्रिय मोर्चाहरुको संयुक्त वैठक शुक्रबार वेलुका नेपाली महासंघ हङकङको कार्यालयमा बसेको छ।

नेपालमा वर्तमान राजनैतिक विषयलाई लिएर उक्त वैठक वसेको वैठकका संयोजक लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष एम. वी. थोप्राले स्थानीय संचारकर्मीलाई बताए।

वैठकले आदिवासी जनजाति संयुक्त संघर्ष समिति र नेपाल सरकारबीच भएको नौं वुदे सहमति पत्रलाई अक्षरस पालना गाराइनुपर्ने निर्णय गरेको जानकारी लिरामुमोका सचिव रविन लिङदेनले गराए। आदिवासी जनजातिको आन्दोलनलाई मार्चाहरुको संयुक्त पहलबाटै सक्दो सहयोग गर्ने निर्णय भएको लिङदेनले स्थानीय संचारकर्मीलाई बताए।

तस्विरः आम्भु जेठा/ एचकेनेपाल डट कम

वैठकमा संविधान सभाको अन्तिम चारणमा आइपुग्दा पनि जातिय पहिचान सुनिश्चित नभएकोले त्यस सम्बवन्धमा देखिएका चुनौति, रणनिति र हङकङबाट गर्न सकिने कुराको विषयमा छलफ भएको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष एम. वी. थोप्राले संचारकर्मीलाई वताएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष वसन्त मगरले नेपालको ठूला संचारकर्मीहरुसंग जनजतिहरुको ठूलै चुनौति रहेकोले त्यसको विषयमा आफूले वैठकमा चर्को वहस उठाएको जानकारी गराए। रणनीतिको वारेमा उनले केही बताउन चाहेनन्।

किरात राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष रमेश नामहाङले संविधान सभाले पहिचान सहितको संघियता घोषणा नगरेमा पहिचान सहितको संघियवादीहरुले आत्मनिर्णयको अधिकार प्रयोग गरी आफैले पहिचान सहितको संघिय राज्य घोषणा गर्नुपर्ने सुझाव वैठकमा राखेको बताए। अर्का नेता तमु मुक्ति मोर्चाको कावा अध्यक्ष दुर्गा तमुले पहिचान सहितको संघीयता नभएमा जस्तो सुकै कदम उठाउन आफूहरु तयार रहनु पर्ने वैठकबाठ वाहिरिदै गर्दा संचारकर्मीलाई बताएका छन्।

संविधान सभाको अन्तिम चरणमा आइपुगेपनि प्रतिकृयावादीहरुले संविधान भाड्ने षड्यन्त्र गरेको लिरामुमोका सल्लाहकार भूपेन्द्र चेम्जोङले बताए। उनले अदालतले गरेको निर्णय आदिवासी जनजातिको हित विपरित रहेको वताएका छन्। जातीय पहिचान नचाहने काँग्रेस, एमाले र विदेशीको चलखेल रहेको चेम्जोङले बताए।

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको संयोजनमा भएको वैठकमा किराती राष्ट्रिय मुक्ति मोर्चा हङकङ, तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङ, मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङ र अन्य वुद्घिजीविहरुको उपस्थिति रहेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by