Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

काँग्रेस एमाले गठबन्धनमा नरहेको फोरमको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ जेठ । उपेन्द्र यादवले नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले सरकारको राजिनामाको लागि दवाव दिन सडक आन्दोलन गर्ने निर्णयसहित अघि बढेको नेपाली काँग्रेस र नेकपा एमालेले नेतृत्व गरेको गठबन्धनबाट बाहिर रहेको घोषणा गरेको छ।

फोरम नेपालले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरु एमाले र काग्रेसले नेतृत्व गरेको गठबन्धनमा नरहेको र अलग्गै आन्दोलनमा जाने स्पष्ट पारेको हो।

पत्रकार सम्मेलनमा बोल्दै फोरम नेपालका महासचिव रामसहाय यादवले सरकारको कदम असम्बैधानिक भन्ने विषयमा काग्रेस र एमालेसँग आफूहरु सहमत भए पनि अन्य विषयमा आफूहरु उनीहरुको साथमा नरहेको दावी गरे।

उनले राष्ट्रपतिको पछिल्लो कदमको स्वागत गर्दै राष्ट्रिय सहमतिको आधारमा नयाँ सरकार गठन गर्न माग गरे। उनले एमाले र काँग्रेसको गठनबन्धको हरेक गतिविधीमा फोरमको नाम जोडिएको समाचारले आफूहरुलाई दुखित बनाएको भन्दै काग्रेस र एमालेसँगकुनै गठबन्धन नरहेको स्पष्ट पारे।

माओवादी, काँग्रेस र एमाले मधेस विरोधी भएको आरोप लगाउँदै पार्टीले तीन वटै दललाई समान रुपमा हेर्ने भएकोले कसैको गठबन्धनका बस्नै नसक्ने समेत बताए।

बृहत मधेसी मोर्चा कायमै रहेको भन्दै सरकारको कदमको विरोध गर्न नसक्ने सत्ता पक्षीयहरुले आफ्नो पार्टी मोर्चामा नरहेको घोषणा गरेको भन्दै त्यसप्रति आक्रोश समेत ब्यक्त गरे। उनले भने- हाम्रो पार्टीलाई मोर्चामा छैन भन्नेहरु अहिले सरकारमा भएका मधेसबादी र माओवादी दलहरु हुन्।

उनले संविधान जारी गर्ने अवस्था हुँदा हुँदै दुरासायपूर्ण रुपमा संघीयता विरोधीले संविधानसभा विघठन गरेको दावी गर्दै पार्टी आगामि निर्वाचनलाई संर्घषको रुपमा लिएको बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by