Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सगरमाथाको फेदमा म्याराथन (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता-
नाम्चे, १६ जेठ । द कोकाकोला १०औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथन प्रतियोगितामा फुर्वा तामाङ प्रथम भएका छन्। २००९ र २०१० का विजेतासमेत बनि सकेका तामाङले ३ घण्टा ४१ मिनेट ३१ सेकेण्डमा दौड पुरा गरेका थिए।

P​hoto/ Everest Marathon

त्यसै गरी, कुमार राजभण्डारी दोस्रो भए भने डिफेडिङ च्याम्पियान सुदीप कुलुङले तेस्रो स्थानमा चित्त बुझाउनु पर्र्यो। राजभण्डारीले ३ घण्टा ५४ मिटेट ५१ सेकेण्ड र कुलुङले ४ घण्टा ५४ सेकेण्डमा दौड पुरा गरेका थिए।

विश्वकै सबैभन्दा अग्लो ठाउंमा भएको म्याराथन सगरमाथा आधार शिविरबाट सुरू भएर नाम्चे बजारमा अन्त्य भएको थियो।



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by