मगेन्द्र राई / एचकेनेपाल डट कम-
हङकङ, हङकङ नेप्लिज टेनिस सोसाइटीद्वारा भिक्टोरिया पार्कको सेन्टर टेनिस कोर्टमा आयोजना गरेको ‘तेश्रो बार्षिक खुल्ला टेनिस प्रतियोगिता’को उपाधि डिफेन्डिङ च्याम्पियन गणेश गुरुङले जितेका छन्।
गणेश गुरूङले बिकास गुरुङलाई ६-२, ६-४ को सोझो सेट्मा पराजित गरी उपाधि रक्षा गरेका हुन्। त्यसै गरी, मगेन्द्र राईले ईन्द्रहाङ राईलाई ६-१, ६-० को अन्तरले पराजित गरी सेकेन्ड रनर अप भए भने युव राज गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे।
तस्विरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
पुरुष एकल खुल्ला प्रतियोगिता नक आउटको आधारमा भिडन्त गराईएको उक्त प्रतियोगितामा १८ खेलडीहरु सहभागी थिए।
प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वानालाई क्रमश: ३ हजार, २ हजार, १ हजार र ५ सय हङकङ डलरसहित ट्रफी र मेडल प्रदान गरिएको थियो। विजयी खेलाडीहरूलाई प्रमुख अतिथि महावाणिज्यदूत दिनोदकुमार उपाध्याय,हङ्कङ नेप्लिज टेनिस सोसाइटी संरक्षक वाईबी राई र अध्यक्ष मगेन्द्र राईले पुरस्कार तथा प्रायोजकहरुलाई सम्मान पत्र प्रदान गरेका थिए।
ट्रफि प्रदान गर्दै महावाणिज्यदूत दिनोदकुमार उपाध्याय
प्रतियोगिताको नगद पुरस्कारको प्रायोजन क्रमश: नेपाल फाइनान्स लिमिटेड्, सोभेनियर लिमिटेडका प्रबन्ध निर्देशक तेजकुमार राई,जोन देवान र युनाइटेड ते क्वोन दो एकाडेमीले गरेका थिए। किशोर गुरुङ,यती क्लब वान चाई,गणेश गुरुङ्,कमला स्टोर्स र किसन थापा प्रायोजक रहेका थिए।
सोसाइटीका संरक्षक वाइ बी राईले आर्थिक सहयोग तथा सम्पूर्ण ट्रफिहरु उपलब्ध गएका थिए। तेश्रो संस्करणका रूपमा आयोजित प्रतियोगितामा नेपाली युवाहरूको आकर्षण बढेको र भविष्यमा यसले नेपाली समुदायमा उल्लेख्य भूमिका निर्वाह गर्ने अपेक्षा लिएको खेलाडी एवं हङ्कङ नेप्लिज टेनिस सोसाइटीका अध्यक्ष मगेन्द्र राईले बताए।
CLICK HERE TO VIEW MORE PHOTOS