एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २७ मे । यस वर्षको नेपाली डान्स आइडल उपाधि एलिना गुरुङले जितेकी छन्। याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा आइतबार साँझ सम्पन्न ग्रेण्ड फिनालेबाट २१ वर्षीया एलिनाले नेपाली डान्स आइडलको उपाधि जितेकी हुन्।
सुर्खेत पुर्ख्यौली र काठमाडौंको बूढानीलकण्ठमा हुर्की-बढेकी एलिनाले यो उपाधिसंगै ५ हजार १ सय हङकङ डलर प्राप्त गरिन्।
नेपाली डान्स आइडल उपाधि विजेता ऐलिना गुरुङ (बीचमा) फष्ट रनर अप रोमिसा लिम्बू (दायाँ) र सेकेन्ड रनर अप होम कुमारी थापामगर । तस्विरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
दिउं कि नदिउं,
दिउं कि नदिउं
जतन गरेर राखेको यो जोवन
रेलै चढेर आउनेलाई
दिउं कि नदिउं..
बोलको गीतमा दर्शकमात्र होइन निर्णायकको समेत मन जितेपछि एलिना चौंथो नेपाली डान्स आइडलमा छानिएकी हुन्।
प्रतियोगितामा १७ वर्षीया रोमिसा लिम्बू फस्ट रनर अप र २१ वर्षीया होमकुमारी थापा सेकेन्ड रनर अप भए। उनीहरूले क्रमशः ३ हजार १ सय र २ हजार १ सय हङकङ डलर पुरस्कार स्वरूप पाए।
योगिता गुरुङ, राजु श्रेष्ठ, जौं गुरुङ, सुवास गुरुङ र टंक राई निर्णायक रहेको प्रतियोगितामा एकल र सामूहिक नृत्य चरणपछि सोना लावती, होमकुमारी थापा, एलिना गुरुङ, रोमिसा लिम्बू र प्रीति गुरुङ उत्कृष्ट पाँचमा छानिएका थिए।
विशुद्ध नेपाली गीतसंगीत र पहिरन मुख्य सर्त रहेको प्रतियागिताको आयोजना सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना) ले गरेको थियो।
भिडियो अपडेट हुन बाँकी…
CLICK HERE TO VIEW MORE PHOTOS