LIVE UPDATE:
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १४ जेठ । प्रधानमन्त्रीले डा. बाबुराम भट्टराईले राष्ट्रको नाममा संबोधन गर्दै विविधताले भरिएको मधेसदेखि मेचीदेखि महाकालीसम्म फैलिएको नेपालको भविष्य उज्वल रहेको बताएका छन्।
भट्टराईले असफलताबाट पाठ सिकेर अघि बढ्ने बताउंदै संबिधान बन्न नसकेपनि मंसिर ७ गते संविधानसभाको चुनावमा जाने निर्णय भएको बताए।
यथास्थितिबादीले गर्दा संविधानसभा बचाउन नसकेको बताउंदै भट्टराईले सहयात्री दलहरूलाई आरोपसमेत लगाए। उनले लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न अघि बढ्न आग्रह गरेका छन्। नयाँ नेपाल निर्माण गर्नको लागि राजनीतिक दल तथा सर्वसाधारण जनतालाई हारेश नखानसमेत आग्रह गरे।
……………
– एकाएक राजनीति ध्रुबीकरण बढ्दै गएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रपति डा. रामवरण यादवकहाँ पुगेको केहीबेरपछि कांग्रेस र एमाले शीर्ष नेताहरू पनि राष्ट्रपतिकहाँ पुगेका छन्। पौने १२ बजे हुने भनिएको प्रधानमन्त्रीको संबोधन हुन सकेको छैन।
– एमाले तथा अन्य केही साना दलका विरोध तथा असहमतिको वावजुद पनि मन्त्रिपरिषदले मंसिर ७ गते चुनाव गर्ने निर्णय पारित गरेको छ। सो जानकारी गराउन प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रपति डा. रामवरण यादवकहाँ गएका छन्। सबै मन्त्रीहरू अहिले सिंहदरवारबाट बाहिरिएका छन्।
– मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले मंसिर ७ गते चुनावका गर्ने प्रस्ताव ल्याएपछि काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमालेका ईश्वर पोखरेल र राप्रपाका मन्त्री परशुराम खापुङङ त्यसको विरोध गर्दै बैठकबाट बाहिरिएका छन्।
– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केहीबेरमा राष्ट्रको नाममा संवोधन गर्ने भएका छन्।
– संविधानसभा भवनबाहिर केही प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेर उत्तेजित बनाउने प्रयाश गर्दै छन्। प्रहरीले संयमित हुंदै ढुंगामुढा नगर्न माइकिङ गरिरहेका छन्।
– माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान जारी गर्ने सम्भावना समाप्त भइसकेको बताएका छन्। उनले रुपान्तरित संसद वा संकटकाल लगाएर संविधानसभालाई जोगाउन सकिन्छ कि सकिन्न भन्ने विषयमा स्थायी समितिको बैठकमा छलफल गर्ने बताएका छन्।
– माओवादी नेता सीपी गजुरेलले सञ्चारकर्मीहरूसंग बोल्दै संकटकाल लगाएर ६ महिना संविधानसभाको म्याद थप्ने विकल्प दुर्भाग्यपूर्ण हुने बताएका छन्।
– माओवादी प्रवक्ता तथा मन्त्री दीनानाथ शर्माले सहमतिबाटै अगाडि बढ्ने बताएका छन्। उनले सञ्चारकर्मीहरूसंग बोल्दै सरकारले सङ्कटकालको विषयमा केही नसोचेको बताएका छन्। उनले जनतालाई त्रसित बनाउन सङ्कटकालको हल्लामात्र चलाइएको बताए।
– संविधानसभा भवनभित्रका सभासदहरूले (१) संविधानसभाको सबै काम रुपान्तरित संसदलाई जिम्मा लगाउने। (२) संकटकाल लगाएर ६ महिना संविधानसभाको म्याद थप्ने। (३) संविधानसभाको ताजा चुनावमा जाने विकल्पहरूको विरोध गरिरहेका छन्।
– ११ बजे बोलाएको बैठक अहिलेसम्म पनि बस्न नसकेपछि शीर्ष नेताहरूविरूद्ध सभासदहरूले संविधानसभाभित्र नाराबाजी गर्दै छन्। उनीहरूले नेताहरूलाई फाँसी दिनु पर्ने कडा नारासमेत लगाएका छन्। निर्वाचनको विकल्प तथा संकटकाल लागु गर्ने जस्ता विषयमा शीर्ष नेताहरूको छलफल भइरहेको जानकारी पाएपछि त्यसका विरूद्ध सभासदहरू आक्रोशित बनेको बताइन्छ।
– बैठकबाट बाहिरिएका एमाले नेता केपी ओलीले गम्भीर विषयमा हाँस ठट्टा गर्दै निराश हुन नहुने सञ्चारकर्मीलाई बताए। विकल्पको विषयमा छलफल भइरहेको उनले बताए।
– संविधानसभा भवन नजिकै निषेधित घेरा तोड्ने प्रयाश भएपछि प्रहरीले कम्तीमा ५ राउण्ड अश्रुग्याँस प्रहार भएको छ। प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी डिएसपी सिद्धिविक्रम शाह घाइते भएका छन्। उनको उपचारको लागि नयाँ वानेश्वरको एभरेष्ट नर्सिङ होममा भर्ना गरिएको छ।
– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग भएको छलफलपपछि माओवादी प्रमुख सचेतक देव गुरुङले संविधान बन्ने सम्भावना न्यून बन्दै गएको बताएका छन्। दलहरूबीच अबको विकल्पबारे छलफल गर्दैछन्। एक वर्षभित्र निर्वाचन गराइसक्ने बिषयमा छलफल हुदैछ।
– दबावमूलक धर्नामा सहभागी के भन्छन्?
– संविधान बन्ला भनेर आशा गरिबसेका जनता एमाले नेता केपी ओलीको कुरा सुनेर फेरि निराश भएका छन्। केहिबेरअघि उनले भनेका छन्- ‘संविधान नबन्ने भयो।’ तैपनि उनले विकल्पको खोज्नेबारे छलफल भइरहेको बताएका छन्।
– यसैबीच, समयमै संविधान जारी गर्न माग गर्दै पोखरामा र्याली र सभा भइरहेका छन्। तमुवान संघर्ष समिति कास्की र नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संस्थाहरुले र्याली र सभा गरेका हुन्। उनीहरूले मतदानबाटै भएपनि विवादित विषय टुङ्गो लगाउन दबाव दिएका हुन्।
– १० प्रदेश र १ केन्द्र शासित प्रदेशमा दलहरु सहमति नजिक पुगेपछि संविधान आउने सम्भावना बढ्दै गएको छ।
– बैठक स्थलबाट निस्केका मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले संविधान बन्ने सकारात्मक धारणा नदेखिएको बताए। उनले मधेसलाई खण्डिकृत गर्ने कुरा मान्य नहुने बताएका छन्।
– माओवादी स्थायी समितिको केही समयअघि बसेको बैठकले राज्य पुनः संरचनाका विषयमा लचिलो हुने निर्णय लिएको छ।
– नेताहरूले देशलाई बन्धक बनाइएको भन्दै सभासदहरूलेसमेत नाराबाजी गर्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरु नारावाजी गर्दै संविधानसभा भवनको कम्पाउण्डमा घुमेका थिए। नाराबाजी गर्नेहरूमा सबै दलका सभासदहरू थिए।
सभासदहरूको नाराबाजी यस्तो छ
– बाहिर धर्ना बसिरहेका सर्वसाधारणले आजै संविधान जारी गर्नु पर्ने माग गरिरहेका छन्।
– राजधानी तथा निषेधित क्षेत्रबाहिरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जनताहरू संयमित भएर दबाबस्वरूप शान्तिपूर्ण ढंगले नाराबाजी र धर्ना दिइरहेको काठमाडौंको सुरक्षा कमान्डपोष्टमा रहेका एसएसपी जयबहादुर चन्दले बताए। कर्फ्यू लाग्न सक्ने हल्ला बाहिर आएपनि त्यस्तो स्थिति नरहेको उनको भनाई रहेको छ।
– संविधानासभाको म्याद सकिनै लाग्दा जनताहरू संबिधान जारी गर्नु पर्नै भन्दै दबाब दिन थालेका छन्। संविधान सभा निषेधित क्षेत्र बाहिर कोही नारा जुलुस गर्दै छन् त कोही नाचगान गर्दै छन्।
– यो भिडियो पनि हेर्नुहोस्
– नयाँ संविधान आज जारी हुने वा नहुने हो भन्ने अन्यौलताबीच सरकारले देशभरको सुरक्षा व्यवस्थामा कडा पारिएको छ। जनप्रदर्शनबाट उत्पन्न हुन सक्ने तनाव तथा आपराधिक गतिबिधि बढ्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको गृह मन्त्रालयले जनाएको छ। मुलुकको राजनीतिक अबस्था जटिल मोडमा पुगेको भन्दै सेनाले हाइ अलर्ट अवस्थामा रहन मातहतका सबै इकाइलाई परिपत्र गरेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लससडकमा उत्रन आदिवासी जनजातिहरूलाई अपिल
के प्रचण्डले जोखिम उठाउने साहस गर्लान्? हेर्नुहोस् भिडियो
पत्रकारसामु रोए नारायणकाजीः मुलुक संकटपूर्ण अवस्थामा आएको छ (अडियोसहित)
१० यूवा संगठनद्वारा आन्दोलन गर्ने चेतावनी
जारी गरियो- लिम्बुवानको अन्तरिम विधान
६०१ सभासदलाई कालो सूचीमा राख्ने चेतावनी