Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पत्रकारसामु रोए नारायणकाजीः मुलुक संकटपूर्ण अवस्थामा आएको छ (अडियोसहित)

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १३ जेठ । संविधान जारी गर्ने समयको अन्तिम घडीसम्म पनि मूख्य दलहरूबीच सहमति जुट्न नसकेपछि देश संकटको भूँमरीमा फस्दै गएको छ।

फाइल फोटोः मुख्य दलहरूबीच भएको छलफलपछि पत्रकारहरू सामु रूदै उपप्रधानमन्त्री एवं माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान सभा विघटन हुने र संविधान पनि नबन्ने खतरा उत्पन्न भएको बताए।

‘मुलुक संकटपूर्ण अवस्थामा आएको छ।’ उनले भने, काँग्रेस र एमाले सहमतिमा नआउँदा संविधासभा भंग हुने अवस्था आएको छ।

संबिधानसभा भंग भयो र? भन्ने एक पत्रकारको जवाफमा उनले भने संविधानसभा भंग हुने प्रक्रियामा बढेको छ।

राज्य पुनर्संरचना समितिले पेश गरेको १४ प्रदेश वा राज्य पुनर्संरचना आयोगले पेश गरेको १० प्रदेश कुनलाई स्वीकार्ने भन्ने विषयमा कुरा नमिलेपछि संविधानसभामा लगेर मदतान प्रकृयाबाट टुंगो लगाउँ भन्दा काँग्रेस र एमाले नमानेको श्रेष्ठले बताए।

यसैबीच, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसपछि हुन सक्ने सम्भाव्यताका बारे कानुनविदहरूसंग परामर्श लिदै छन्।

अडियो सुन्नुहोस्

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by