Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

६०१ सभासदलाई कालो सूचीमा राख्ने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १३ जेठ । जेठ १४ भित्र नयाँ संविधान जारी हुने कि नहुने भन्ने अन्यौलको अवस्थामा आदिवासी जनजाति पार्टी नेपालले जेठ १४ भित्र संविधान जारी नगरे ६०१ सभासदको औचित्य समाप्त हुने भन्दै उनीहरुलाई कालो सूचीमा राखेर सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ।

आदिवासी जनजाति पार्टी नेपालले २०६९ जेठ १४ भित्र संविधान जारी नगरी राष्ट्र र नेपाली जनतालाई धोका दिएमा ६०१ सभासदको नैतिकता समाप्त हुने भन्दै मुलुकमा कुनै पनि राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाउँदै जेठ १६ देखि देशव्यापी सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको हो।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रघाती, भ्रष्टाचारी, कमिशनखोर, जलमाफिया, भूमाफिया, चेलिबेटी बेचबिखन, बलात्कारी छुवाछूत जस्ता कार्यगर्नेलाई समाजिक अपराधि घोषणा गर्नुपर्ने, नेपाल भूमिमाथि बढ्दो भारतीय सीमा अतिक्रमण रोक्न बोडर शिल गर्नुपर्ने, असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने जस्ता १२ सूत्रीय माग पेस गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै आदिवासी जनजाति पार्टी नेपालका अध्यक्ष तामाङ बुद्धराज स्याङ्ताङले १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने लोकतान्त्रिक जनआन्दोलनको उपलब्धिलाई मध्यनजर राखी पार्टीले अघि सारेको मागहरुलाई नयाँ बन्ने संविधानमा सम्बोधन नभए ६०१ सभासद्हरुले अहिलेसम्मको तलब भत्ता फिर्ता गराउने र उनीहरु विरुद्ध देशभर सामाजिक बहिष्कार अभियान चलाउने चेतावनी दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by