Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सगरमाथाको सफल आरोहणपछि फर्के प्रचण्ड पुत्र प्रकाश

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १९ जेठ । पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहाल विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी काठमाडौं फर्केका छन्।

प्रकाश दाहाल जेठ १३ गते विहान ८ बजे सगरमाथाको शिखरमा पुगेका थिए। प्रकाशसहित उनीसंगै गएका कृष्ण केसी, विना मगर, शिव डाँगी, शिवराज पोखरेल, शरद पोखरेल, महेश्वर फुयाँल र मदन चुडालले सगरमाथाको सफल आरोहण गरेका हुन्। उनीसंगै गएकामध्ये दुई जना भने बीच बाटोबाटै फर्कैका थिए।


तस्विर सौजन्यः प्रकाश दाहाल फेसबुक

सगरमाथा शिखरमा पुगेपछि प्रकाशले नेपालको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा फहराएका थिए।

प्रकाशको टोली जेठ १२ गते साँझ ७ हजार ९ सय मिटर उचाइको साउथकोल (अन्तिम शिविर)बाट हिडेर शनिबार बिहान ८ बजे शिखर पुगेका थिए। टोलीको नेतृत्व कृष्ण केसीले गरेका थिए।


यसअघि, सगरमाथा आरोहणको लागि प्रचण्ड पुत्र प्रकाशको टोलीलाई सरकारले २ करोड रूपैया दिने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भएपछि टोलीले सरकारले दिने रकम नलिने घोषणा गरेको थियो। सर्वसाधारणबाट चन्दा उठाएर उनीहरू सगरमाथाको शिखरमा पुगेका हुन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by