Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दयनीय अवस्थाको पशुपति बृद्धाश्रमको आमुल सुधार गर्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १२ जेठ । सरकारले लामो समयदेखि दयनीय अवस्थामा रहँदै आएको पशुपति बृद्धाश्रमको अवस्थामा सरकारले आमुल सुधार गर्ने भएको छ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले शुक्रवार बृद्धाश्रमको अवलोकन गरेपछि त्यसको तत्काल आमुल सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन्।

उनले तत्कालै कर्मचारी र पशुपति विकास कोषका अधिकारीहरुलाई सुधारको काम थाल्न निर्देशन पनि दिए। त्यसको लागि मन्त्रालयले बजेट अनुमोदन गरिसकेको जानकारी दिदै एक साता भित्र बृद्धाश्रमको आमुल सुधारको योजना र बृद्धाश्रमको दुरावस्था हुनुको कारण सहितको प्रतिवेदन ल्याउन पशुपति विकास कोषका सदस्य सचि सुशिल नाहाटासहित बृद्धाश्रमका अधिकारीहरुलाई निर्देशन पनि मन्त्री न्यौपानेले दिएका छन्।

मन्त्री न्यौपानले आईतवारनै पशुपति विकास कोषका पदाधिकारीलाई मन्त्रालयमा आएर तात्कालिक आवश्यकताको विषयमा जानकारी गराउन पनि निर्देशन दिएका छन्।

अनुगमनको क्रममा मन्त्री न्यौपानले विगतमा प्रधानमन्त्रीले बृद्धाश्रमको अवस्था सुधार गर्न निर्देशन दिए पनि सुधार हुन नसकेको भन्दै आफूले जेठ महिनाभित्रमै प्रतिबद्धता अनुसारको सुधार गर्ने बताए।

उनले तत्काल आश्रममा बस्ने बृद्धबृद्धाका लागि झुल, तन्ना र कोठाको अवस्थामा सुधार्न समेत निर्देशन दिएका छन्।
मन्त्री न्यौपानले बृद्धबृद्धाको हेरचाहरमा कुनै कमी आउन नदिन कर्मचारीलाई निर्देशन दिदै आवश्यक सम्पूर्ण स्रोतको ब्यवस्था सरकारले गर्ने प्रतिबद्धता ब्यक्त गरे। उनले आश्रमको बसाई, रहन सहन र अवस्थामा तत्काल देखिने गरी सुधार ल्याउने समेत स्पष्ट पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by