Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सेती बाढीपिडितलाई युके, जापान र हङकङबाट सहयोग

सेती बाढीपिडितलाई युके, जापान र हङकङबाट सहयोग
हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १९ जेठ । सेतीबाढीबाट प्रभावित परिवारको लागि युके, जापान र हङकङबासी नेपालीहरुले आर्थिक सहयोग संकलन गरी पठाएका छन्।

रेडियो अन्नपूर्ण राहत कोषमा युकेबाट १ लाख ३७ हजार ३ सय रुपैया प्राप्त भएको छ ।

युकेमा रहेका पोखरेलीहरुले रेडियो अन्नपूर्णका पूर्व प्रस्तोता विभा गुरुङ, पूर्व सञ्चारकर्मी कान्ति गुरुङ श्रेष्ठ र सूर्य गुरुङको पहलमा युकेबासीबाट उक्त सहयोग रकम संकलन गरी पठाएका हुन्।

तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

रेडियोमा आयोजित एक कार्यक्रममा उक्त रकम रेडियो अन्नपूर्णका प्रस्तोता तथा प्रतिनिधी सरस्वती गुरुङले रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गरेकी हुन्।

विभा, कान्ति र सूर्य गुरुङको पहलमा पोखराको सम्बृद्धि तथा हरेक सुखदुखमा साथ दिन पोखरा सपोर्ट ग्रुप गठन गर्ने योजना गरिरहेको सरस्वती गुरुङले जानकारी दिइन्।

त्यसै गरी, राहतकोषमा पोखरा बगरस्थित भिमकाली युवा क्लवको पहलमा संकलित ९६ हजार रुपैया प्राप्त भएको छ।

हङकङमा स्थापित एभरेष्ट फुलबल क्लव, हिमालयन फुटवल क्लव र चन्द्रमान गुरुङले ३५ हजार र मानव मानवका लागि नाराका साथ जापानमा सौगात गुरुङको पहलमा अलिशा गौचन, संजय गुरुङ र साथीहरु, संगीत शाक्य (नेपाल युनाइटेड), कमला मल्ल, मुकेश गुरुङ, अमृत गुरुङ, सुवास गुरुङ, बुद्धि गुरुङ, सुजाता गुरुङ र शर्मिला गुरुङबाट संकलित ५१ हजार रुपैया गरी कुल ९६ हजार रुपैया एक कार्यक्रम विच अन्नपूरर्णका हुमबहादुर तमुलाई भिमकाली युवा क्लवका युशफ श्रेष्ठ, ज्ञानेन्द्र गुरुङ, प्रकाश गुरुङ र सूर्यमान गुरुङले हस्तान्तरण गरेका हुन्।

उक्त रकम मध्ये सेतीवाढी पीडितका लागि ८६ हजार, मिर्गौला पीडित वुद्धिमाया गुरुङलाई ५ हजार र स्वास्थ्यपीडित कमल क्षेत्रीलाई ५ हजार प्रदान गरिएको क्लवका युसफ श्रेष्ठले जानकारी दिए।

राहत कोष संकलनको लागि सिटी डेभलपमेन्ट बैंक र ओम फाईनान्सले वित्तिय ब्यबस्थापनमा सहकार्य रहेको रेडियोले बताएको छ । रकम जम्मा गर्नकोलागि सिटी डेभलपमेन्ट वैंकको वचत खाता नम्बर ३००१ एच र ओम फाईनान्सको बचत खाता नम्बर ५००० खोलिएको हो।

यस्तै स्वदेश तथा विदेशमा रहनुभएका फेसबुक प्रयोगकर्ताहरुले समेत रेडियो अन्नपूर्णको फेसबुक पेज www.facebook.com/Radioannapurna मा सहयोग रकम घोषणा गर्दै रकम जम्मा गराइ रहेका छन्।

सेती बाढीपीडितलाई डेनमार्कबासी नेपालीबाट सहयोग
एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १२ जेठ । वैशाख २३ गते सेती नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति एवं परिवारहरुलाई राहत उपलव्ध गराउन डेनमार्कमा वस्ने सम्पूर्ण पोखरेली नेपालीहरुको तर्फबाट रु २ लाख सहयोग गरेको छ।

सहयोग रकम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीमार्फत शुक्रवार एक समारोहबीच हस्तान्तरण गरिएको हो।

सोसाइटी जिल्ला शाखा कास्कीका सभापति रामप्रसाद ज्ञवालीलाई डेनमार्कवासी प्रतिनिधिहरुको तर्फबाट फोटो प्रत्रकार एवं एचकेनेपाल डट कम सहकर्मी सुदर्शन रञ्जितले रकम हस्तान्तरण गरेका हुन्।

बाढीवाट ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दे पीडित परिवारहरुलाई राहत स्वरुप डेनमार्कमा रहेको जनसम्पर्क समिति र सम्पूर्ण डेनमार्कबासी नेपालीहरुबाट संकलन गरिएको एक प्रेस विज्ञप्ति मार्फत जनाएका छन्।

उनीहरुले २ लाख रेडक्रस मार्फत र ९५ हजार ७ सय १७ रुपैया अन्नपूर्ण राहत कोषमार्फत पीडित परिवारमा पुर्‍याउनको लागि रकम हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सोही समारोहमा नेपाल दुरसंचार शाखा कार्यालय पोखरामा कार्यरत कर्मचारीहरुवाट राहत स्वरुप संकलित रकम रु ११ हजार २ सय ५० मात्र दुरसंचार कार्यालय पोखरा शाखाका कार्यालय प्रमुख प्रकाशमान प्रधानले रेडक्रस कास्की सभापति रामप्रसाद ज्ञवालीलाई हस्तान्तरण गरेका छन्।


डेनमार्कबासी नेपालीहरुले पठाएको रकम मध्ये दुइ लाख रुपैया नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति रामप्रसाद ज्ञवालीलाई हस्तान्तरण गर्दै फोटो पत्रकार सुदर्शन रन्जित (दायाँ)। यस अघि डेनमार्कबासी नेपालीले नै पठाएको ९५ हजार सात सय १७ रुपैया अन्नपूर्ण राहत कोषलाई हस्तान्तरण गरिएको थियो।


नेपाल टेलिकम कम्पनी पोखरा शाखामा कार्यरत कर्मचारीले उठाएको ११ हजार दुइ सय ५० रुपैया रेडक्रस कास्कीका अध्यक्ष रामप्रसाद ज्ञवालीलाई हस्तान्तरण गर्दै टेलिकम शाखा प्रमुख प्रकाशमान प्रधान।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by