Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राइनहार्ट विश्वकै धनी महिला

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १२ जेठ । अष्ट्रेलियाली नागरिक गिना राइनहार्ट विश्वको सबैभन्दा धनी महिला घोषित भएकी छन्।

एक व्यापारिक पत्रिकाले उनलाई विश्वकै धनी महिला घोषणा गरेको हो। पत्रिकाले उनको सम्पति लगभग ३० अर्व डलर रहेको जनाएको छ। बीबीसीले जनाएअनुसार एक वर्षमा उनको सम्पतिमा २० अर्व डलरले बढेको छ।

अष्ट्र्रेलियाको एक पत्रिका बीआरडब्ल्यूले उनको सम्पत्ति २९ अर्ब डलर रहेको अनुमान गरेको छ। खनन उद्योगसंग आवद्ध राइनहार्ट विश्वकै पहिलो धनी व्यक्ति बन्न पनि सक्ने बीआरडब्ल्यूका एंड्रयू हीथकोट लेख्छन्।

वालमार्टका संस्थापककी विधुवा क्रिष्टी वाल्टनभन्दा उनी निक्कै अगाडि बढेको पत्रिकाले जनाएको छ। क्रिष्टी वाल्टनको सम्पति २५ अर्व डलर रहेको छ।

तस्विरः अनलाइन पत्रिकाहरू

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by