सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १० जेठ । संघीयता कार्यान्वयन लिम्बुवान संर्घष समितिले ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानयुक्त प्रदेशको रुपमा लिम्बुवान सुनिश्चितताको माग गर्दे बुधवार साँझ धरानमा मसाल जुलुस प्रदर्शन गरेको छ।
संघीयतावादी, दिगो शान्ति र विकासका पक्षधर, न्यायप्रेमी लिम्बुवानवासी जनताहरुले लिम्बुवान प्रदेश स्वीकार गरिसकेको विद्यमान परिस्थीतिमा संविधान सभालाई बन्धक बनाएर ठूला तीन दलका तीन शीर्ष नेताहरुले मनोमानी रुपमा कथित सहमति गरेको भन्दै आन्दोलित समितिले विहीवारदेखि आव्हान गरेको लिम्बुवान वन्दको जनाउ स्वरुप धरानमा मसाल प्रदर्शन गरेको हो।
नामाङ्कन र सिमाङ्कन बिनाको ११ प्रदेशको अमूर्त खाकालाई लिम्वुवान सर्घष समितिले अस्वीकार गरेको जनाउदै नामाङ्कन र सिमाङ्कन बिनाको प्रदेशमार्फत प्रदेश सभामा विवादको विउ रोपेर एकात्मकतामा ढाल्ने षडयन्त्र भएको भन्दै समिति जेठ ११, १२ र १३ गते लिम्बुवानमा आम हड्ताल तथा जन प्रदर्शन गर्ने भएको छ।
समितिले २०६२/६३ को जनआन्दोलनको म्याण्डेट बिरोधी, संघीयता विरोधी, प्रतिगमनकारी, यथास्थीतिवादी, घृणित, कुटिल खेलको बिरुद्धमा डटेर मुकाविला गर्ने दृढता समेत जनाएको छ।
संविधान सभा अन्तर्गत राज्य पुनःसंरचना र राज्यशक्तिको बाँडफाड समितिले पारित गरी पेश गरेको १४ प्रदेश र २२ स्वायत्त क्षेत्र वमोजिम हुनुपर्ने लिम्बुवान संर्घष समितिको अडान रहेको छ। समितिको मसाल जुलुस धरान १२ वाट सुरु भई छाता चोक नयाँ वजार हुदै भानु चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। सभालाई समितिमा सुनसरी सिंयोजक गजेन्द्र इस्वो, लिम्बुवानि नेताहरु श्री प्रसाद जवेगु, मुक्साङहाङ मेयाङवो लगायतले वोलेका थिए।
हेर्नुहोस् भिडियो