Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बान्तावा भाषाको शब्दकोश निर्माण हुने

पदम राई/ एचकेनेपाल डट कम-
काठमाडौं, १० जेठ । काठमाडौंको कोटेश्वरस्थित ग्रामर कलेजमा भएको बान्तावाभाषीहरुको भेलाले बान्तावा भाषाको शब्दकोश निर्माण समिति गठन गरेको छ।

किरात राई यायोक्खाका पूर्व अध्यक्ष कुलबहादुर राईको संयोजकत्वमा सो समितिको सहसंयोजकहरुमा मेजर बालकृष्ण मुकारुङ राई, चङमायुमा दुब्देङमा र पूर्व एआइजी रामकाजी बान्तावा रहेका छन्। सचिवमा तिर्थराज मुकारुङ राई सहसचिवमा बसन्त रुपाबुङ र कोषाध्यक्षमा पुरञ्जन मुकारुङ चुनिएका छन्।

त्यस्तै, सदस्यहरुमा जितपाल किरात, क्याप्टेन ढुण्डिराज सुच्चा राई, क्याप्टेन नारायणप्रसाद राई, महेन्द्र बान्तावा, जय सिवाहाङ, राजकुमार राई सिए रहेका छन्। आवश्यकता अनुसार संयोजकले थप सदस्यहरु थप्न सक्ने छन्।

त्यस्तै, शब्दकोश निर्माण प्राविधिक उपसमितिको संयोजकमा प्रा.डा. नोवल किशोर राई,आर्थिक उपसमितिको संयोजक पुरञ्जन मुकारुङ राई र प्रचारप्रसार उपसमितिको संयोजकमा तीर्थराज मुकारुङलाई जिम्मेवारी दिइएको छ।

करीब २५ लाख रुपैयाँ लागत लाग्ने ‘बान्तावा-नेपाली-अंग्रेजी बान्तावा शब्दकोश’ निर्माण ५ वर्षभित्र गरिसक्ने लक्ष्य लिइएको छ। शब्दकोश निर्माण भएको दुइवर्षभित्र बान्तावा व्याकरण निर्माण गरिने छ।

भेलामा प्रा.डा. नोवल किशोर राई, क्वाङजु छो, पदम राई र निराजन राईले अवधारणा पत्र प्रस्तुत गरेपछि त्यसमाथि छलफल भएको हो। करीब सय जना बान्तावाभाषी र भाषाप्रेमीहरुको उपस्थितिमा सो बान्तावा भाषा शब्दकोश निर्माण समिति गठन गरिएको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by