एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थपकालागि प्रधानमन्त्री डा बाबुराम भबट्टराईले राजिनामा दिनु पर्ने सर्त अगाडि सारेका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले दुइ दिनभित्रमा संविधानका सबै विवादित विषयमा सहमति गरेर प्रधानमन्त्रीले राजिनामा गरे संविधान लेखेर जारी गर्न बढीमा एक महिनासम्म संविधानसभाको म्याद थप्न सकिने स्पष्ट पारे।
साक्षात्कारमा उनले भने- दुइ दिनमा संविधानका सबै विवादित विषयमा सहमति गरेर फेरि नउल्टिने गरी लक गर्नु पर्छ, प्रधानमन्त्रीले राजिनामा दिएर अर्को सरकार बन्ने भयो भने संविधान जारी गर्न आवश्यक बढीमा एक महिनासम्म संविधानसभाको म्याद थप्न सकिन्छ। माओवादीलाई यथास्थितिमा विश्वास गर्न सकिदैन प्रधानमन्त्रीले राजिनामा नगरे म्याद थप्न सकिदैन।
नेपालले प्रधानमन्त्री भट्टराई र माओवादीप्रति दलहरुको विश्वास हराएकोले अब प्रधानमन्त्रीले राजिनामा दिए मात्रै विश्वासको आधार तयार हुने स्पष्ट पारे। उनले पाँच बुँदे सहमति गर्नु अघिनै जेठको छिटोमा ७ र ढिलोमा १० गते प्रधानमन्त्रीले राजिनमा दिएर सहमतिको अर्को सरकार गठन गर्ने सहमति भएको लिखित कागज आफूहरुसँग सुरक्षित भएको खुलासा गर्दै अलिकति पनि नैतिकता भए प्रधानमन्त्रीलाई राजिनामा दिएर सहमतिको सरकार निर्माणको मार्ग प्रसस्त गर्न आब्हान गरे।
एमाले सरकारबाट बाहिरिन्छ कि बाहिरिदैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा बरिष्ठ नेता नेपालले अहिले अप्ठ्यारो अवस्था छ, स्थायी समितिको बैठक बसेर सो विषयमा निर्णय गर्छौ । अहिले नै सरकारबाट बाहिरिने अवस्थामा पुगेका छैनौ।
माओवादीले षडयन्त्रमुलक ढंगले हिजो साँझ पाँच बजे खाए खा नआए घिच भन्ने गरी अन्तिम बेलामा आफूहरुले धारणा बनाउन नपाउँदै म्याद थपको प्रस्ताव ल्याएको आरोप लगाउँदै नेता नेपालले भने- हामी जसरी पनि जेठ १४ गतेभित्रै संविधान ल्याउने तयारीमा थियौ तर माओवादी संविधान निर्माणलाई टार्दै टार्दै आएको थियो कारण संविधानसभाको म्याद थप्ने षडयन्त्र पो रहेछ। म्याद थप्ने भए पहिला नै छलफल गर्नु पर्दथ्यो । यसले माओवादी नाङगिएको छ।
मंगलबार साँझको बैठकमा आफूले संविधानका विवादित विषयमा सहमति बनेपछि जारी गर्न आवश्यक समयको लागि राष्ट्रपतिकोमा गएर संविधानको बाधा अड्चन फुकाएर एक महिना म्याद थप गर्न सकिन्छ, नभए पाँच बुँदे सहमति अनुसार दुइ दिन भित्रमा विवादित विषयमा सहमति कायम गरेर प्रधानमन्त्रीले राजिनामा गरेपछि आवश्यक समय थप्न सकिने प्रस्ताव गरेको तर प्रधानमन्त्रीले नमानेर म्याद थपको प्रस्ताव गरेको उनले खुलासा गरे।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई षडयन्त्र र जालझेलको अर्को नाम भएको आरोप लगाउँदै नेता नेपालले बचन र सहमतिको पालना गर्ने रक्तपात भए पनि आफ्नो स्वार्थकालागि जुनसुकै काम गर्न तयार रहेको दावी गरे। उनले भने-प्रचण्ड जस्तो जीवन साथी रोजिएछ खोई के भन्नु। जसले जो सँग पनि स्वार्थकोलागि जो सँग पनि साँठगाँठ गर्न सक्छन्। अहिले सबै पछुताई रहेका छन्। मुलुक चर्को द्धन्द्ध र जातीय क्षेत्रीय कलहमा फसेपछि बाँकी पनि पछुताउँछन।
प्रचण्डलाई राष्ट्रपतिको माया छैन। प्रचण्ड नेपालको इतिहासकै सबैभन्दा ठूला षडयन्त्रकारीको रुपमा देखिए। उनले प्रचण्डलाई हिटलर, पोलपोट र इदिअमिन को जस्तो मनोबृत्ति त्याग्न समेत साक्षात्कारमा आग्रह गरे। उनले माओवादी एमाले र काग्रेस फुटाएर आफ्नो स्वार्थ पुरा गर्ने दाउमा रहेको दावी गर्दै माओवादीलाई सो योजनमा फेल र पम्चर बनाईदिने चेतावनी दिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस