एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १० जेठ । सरकारसंग भएको नौ बुँदे सहमतिपछि नेपाल आदिवासी जनजाति महासंघले नेपाल बन्द फिर्ता लिएको छ।
महासंघले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी बन्दको कार्यक्रम फिर्ता लिएपनि आन्दोलन नटुङ्गिएको जनाएको छ।
विज्ञप्तिमा नयाँ संविधानमा अधिकार र पहिचान स्थापित नभएसम्म महासंघको आन्दोलन जारी राख्ने उल्लेख गरेको छ।
त्यसैगरी, नेपाल बन्दलाई सफल पार्न योगदान दिने सबैलाई महासंघले धन्यवाद ज्ञापन गरेको छ।
महासंघका अध्यक्ष राजकुमार लेखीद्वारा जारी विज्ञप्तिमा बुधवार अपरान्ह साढे २ बजे खुलामञ्चमा विशाल आमसभा हुनेसमेत जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस