निमकान्त पाण्डे /एचकेनेपाल डट कम-
बिदेशमा टेक्न पाएमात्र पैसा कमाइ हुन्छ भन्ने गलत सोचले हामी कतिसम्म ठगिन पुगिन्छ पीडितहरुलाई भेटेपछि मात्र पीडा बुझ्न सकिन्छ।
बैदेसिक रोजगारीको सिलसिलामा ठूलो रकम तिरेर युएईको अजमान आइपुगेका ९ जना नेपालीहरु ठगिएका छन्। नेपालका आशा नेपाल ट्राभलर्सका संचालक रबीन्द्र घिमिरेमार्फत प्रति व्यक्ति ३ देखि ४ लाखसम्म बुझाइ भिजिट भिषामा नेपाली दुबईमा ल्याउन सक्रिय रहेका सन्तोस बि.कको मिलेमोतोमा मिडल इष्स युरो टुरबाट भिषा निकाली पीडितहरुलाई युएईको अजमानमा ल्याएर अलपत्र पारेको छ।
महिनौदिन बितिसक्दा पनि काम नभएपछि भिषाको समय हुदै पटक पटक नेपाल पठाउन आग्रह गर्दै आउदा तिमीहरुको काम हुन्छ भिषा नबीकरण गर्न पर्यो भनी पासपोर्ट समेत सन्तोस बि.क.ले नियन्त्रणमा लिई केही दिनसम्म त फोनमा सम्पर्कमा रहेका थिए भने हाल पूर्ण रुपले सम्पर्क बाहिर रहेका पीडितहरु बताउछन्।
एजेन्ट सम्पर्कमा नआएपछि उक्त कम्पनीमा गई बुझ्दा आफूहरुको भिषा सकिएर युएईबाट आउट नभएपछि ब्ल्याक लिस्टमा राखिएको र आफूहरुको पासपोर्ट ट्राभलमा रहेको तर सन्तोस बि.क संग आर्थिक लेनदेन रहेका कारण पासपोट राखिएको जानकारी पाएका थिए।
अब एजेन्टले पूर्ण रुपले फसाएको थाहा भएपछि युएईमा नेपालीहरुको उद्धारमा सक्रिय रहेको नेपाली समाज युएईमा उनीहरूले निबेदन दिएका थिए। नेपाली समाज यूएईको एक प्रतिनिधि टोली उनीहरुको बसेको स्थानका पुग्दा अवस्था निकै नाजूक पाएको थियो। उनीहरुको अवस्थालाई मध्यनजर राख्दै नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले दैनिक उपभोग्य खाद्यन्न र गर्मीका कारण विरामी रहेकाहरुलाई औषधि किन्न भनी ५०० दिराम दिएका छन्। साथै उनीहरुको उद्धारका लागि नेपाली समाज यूएईले दूतावास र अन्य यूएईमा रहेका सामाजिक संघसस्थाहरुसँग सहकार्य गर्दै जोडदार पहल गर्ने भन्दै सम्पूर्ण संघसंस्थाहरुलाई पनि सहयोगको लागि आब्हान गरेको छ।
यूएईमा रहने सन्तोष विक लामो समय अघिदेखि मानव तस्करीको काम गर्दै आएको बुझिएको छ। युएईमा यसरी भिजिट भिषा निकाली नेपालीहरुलाई ठग्ने गिरोहहरु निकै सक्रिय छन् भने अफगानिस्तान जानका लागि युएईका बिभिन्न ठाउंमा अलपत्र परेका नेपालीको बेहाल पनि देख्न सकिन्छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस