Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

फेरि लिम्बूवान वन्द !

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १० जेठ । अरुण पूर्वका ९ जिल्लालाई लिम्वूवान राज्य सुनिश्चितताको माग गर्दै संघीय लिम्वुवान राज्य परिषदले आह्वान गरेको आम हड्तालको कारण पूर्वी नेपालका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ।

परिषदको आम हड्तालका कारण पूर्वी नेपालमा धरान, इटहरी धनकुटा, विर्तामोड, दमक इलाम लगायतका शहरहरुमा बजार तथा यातायात ठप्प भएको छ।

छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधान चल्न सकेकोका छ्रैनन्। सवारी साधान नचलेका कारण यात्रुहरु अलपत्र परेका छन्।

अरुण संखुवा सप्तकोशी पूर्वका ९ जिल्लालाई ऐतिहासिक पहिचान तथा सामर्थ्यको आधारमा पनि स्वायत्त लिम्बुवान राज्य वनाउनु पर्नै मागसहित परिषदले आजदेखि ३ दिने लिम्वूवान क्षेत्र वन्दको आव्हान गरेको हो।

वन्द सफल गराउन परिषद कार्यकर्ता विहानैदेखि सडकमा देखिएका छन्।

आदिवासी जनजातिको वन्द फिर्ता भएपनि पुनः परिषदको वन्दका कारण पूर्वी नेपालको जनजीवन थप कष्टकर वन्दै गएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by