Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

माओवादीबाट अलग्गिएर विद्रोह गर्ने चेतावनी

सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, ९ जेठ । एमाओवादीको जातिय भातृ संस्था लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाले अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषना नगरे माओवादीबाट अलग्गिएर विद्रोह गर्ने चेतावनी दिएको छ।

मोर्चाले मंगलवार धरानमा पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो। माओवादी अध्यक्ष प्रचण्डले मोर्चाको गठन गर्दा मोर्चाले अघि सारेको अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउन एमाओवादीले कुनै कसुर बाँकी नराख्ने आश्वासन दिएकाले अरुण पूर्वका नौ जिल्लाई लिम्बुवानबाट अलग गरे मोर्चाले माओवादीको पुच्छर पक्रेर नबस्ने र अरुण पूर्व लिम्बुवान राज्यकालागि माओवादीवाट विद्रोह गरी सशक्त आन्दोलन गर्ने मोर्चाका केन्द्रिय अध्यक्ष श्रीप्रसाद जबेगुले चेतावनी दिए।

पत्रकार सम्मेलनमा उनले माओवादीले अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउन पहल नगरे माओवादीमा कुनै हालतमा पनि नबस्ने दावी गरे। अरुण पूर्व लिम्बुवान राज्य नभए माओवादीमा बस्न औचित्य समाप्त हुने भएको भन्दै उनले पार्टीबाट विद्रोह गरि लिम्बुवान प्राप्तिको आन्दोलनमा होमिने वताए।

तीनदलले प्रस्ताव गरेको ११ प्रदेशमा लिम्बुवान भूमिलाई टुक्राएको भन्दै जबगुले आफ्नो पार्टी अध्यक्ष प्रचण्डप्रति असन्तुष्टि समेत जनाउदै प्रस्तावित ११ प्रदेश मोर्चालाई स्वीकार्य नहुने बताए। उनले ऐतिहासिक पृष्ठभूमिको आधारमा राज्य पुनसंरचना गर्नु पर्नेमा जोड दिए।

पत्रकार सम्मेलनमा मोर्चाका महासचिव मुक्सामहाङ्ग मेन्याङ्गबोले पार्टीबाट विद्रोह गर्छौ भन्नेहरु मुर्ख भएको प्रतिक्रिया दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by