Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चक्रवात २ प्रकाशित

डा. रवीन्द्र समीर / एचकेनेपाल डट कम-
उपन्यासकार दीपकिरण शर्माको धारावाहीक उपन्यास चक्रवात २ हालै प्रकाशित भएको छ।

यस अघि २०६७ सालमा नेपालको ग्रामिण परिवेशमा गैरसरकारी संस्थाहरुको कामलाई मुख्य विषय बनाएर चक्रवात १ प्रकाशित भएको थियो।

नेपालको राजनैतिक र प्रशासनिक बिषय बस्तुलाई केन्द्रबिन्दुमा राखेर प्रकाशित चक्रवात २ नेपाली साहित्यको उपन्यास बिधामा पहिलो धारावाहीक उपन्यास भएको छ।

समर्पण अभियानद्धारा प्रकाशित चक्रवात उपन्यासको तेश्रो भाग पनि निकट भविष्यमै प्रकाशित हुने कुरा उपन्यासकार दीपकिरण शर्माले जानकारी गराएका छन्।

पाँचपोखरी बुक्स स्टोर मुख्य बितरक रहेको चक्रवातको पाठक मैत्रि मूल्य १६५ मात्र रहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by