Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पत्रकारमाथि भएको आक्रमणको चार प्रमुख दलद्धारा निन्दा र भर्त्सना

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ जेठ । आदिवासी जनजाति संयूक्त संर्घष समितिले आयोजना गरेको तीन दिने नेपालबन्दको क्रममा आइतवार पहिलो दिन सञ्चारकर्मीमाथि लक्षित आक्रमणको प्रमुख चार दलका शीर्षनेताहरुले निन्दा र भर्त्सना गरेका छन्।

बैठकले सञ्चारमकर्मीमाथिको नियोजित आक्रमण तत्काल बन्द गरेर जातीय सदभाव कायम राख्ने बातावरण निर्माण गर्न आग्रह गर्दै यस्ता आन्दोलनले मुलुकमा जातीय हिंसा बढाउने भन्दै तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेको छ।

बैठकपछि नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले रिपोर्टर्स क्लब नेपालमा आदिबासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले दिएको अभिब्यक्ति जातीय द्धन्द्ध बढाउन तर्फउद्यत भएको भन्दै त्यस्तो नबोल्न चेतावनी दिए। उनले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र पत्रकारहरुलाई शेर्पाले ज्यान मार्ने धम्की दिएको विषयको निन्दा गर्दै सञ्चारकर्मीलाई दिएको धम्की र सञ्चारगृहमाथिको आक्रमणको निन्दा गरे। कोइरालाले आन्दोलनरत पक्षलाई तत्काल आन्दोलन फिर्ता लिन समेत माग गरे।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पनि सञ्चारकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै माओवादीले उचालेर आन्दोलन भएको भन्दै माओवादीलाई सरकारमा बसेर दोहोरो चरित्र प्रदर्शन नगर्न चेतावनी दिए। उनले आन्दोलन फिर्ता नलिएसम्म आन्दोलनरत पक्षसँग कुनै बार्ता नगर्ने समेत स्पष्ट पारे। एमालेले माओवादीको उक्र्साईमा आन्दोलन भएको भन्दै तीन दलको बैठकसमेत बहिष्कार गर्दै आएको थियो।

काग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पनि पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै आन्दोलन फिर्ता लिएर जातीय सदभाव भड्किन नदिन आन्दोलनकारीसँग आग्रह गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by