एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ जेठ । नेपाल आदिबासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र सम्पूर्ण पत्रकारलाई ठेगान लगाउने धम्की दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा शेर्पाले पत्रकार महासंघलाई बाहुन पत्रकार महासंघ भन्दै आइतवार जुलुस निकाले ठेगान लगाउने चेतावनी दिएको थिए।
उनको अभिब्यक्तिप्रति पत्रकारहरुले आपत्ति प्रकट गर्दै उनको समाचार बहिष्कार गर्ने बताएपछि शेर्पाले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई चोरी औला ठड्याउँदै तलाई छाड्दिन सकिदिन्छु भनेर चेतावनी दिएका थिए। शेर्पाले साक्षात्कारमा उपस्थित अन्य पत्रकारहरुको आफ्नो मोवाईलबाट फोटो खिच्दै सबैलाई ठेगान लगाउने चेतावनी समेत दिएका थिए।
धम्की दिदै उनी क्लबबाट बाहिरिएका थिए। क्लबमा तनाव भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसपछि आक्रोसित शेर्पा बाहिरिएका थिए। उनले अखण्ड सुदूरपश्चिम र बाहुन क्षेत्रीको आन्दोलनलाई मिडियाले प्राथमिकता दिएको र तर आफूहरुको मागका विषयलाई उपेक्षा भएको भन्दै मिडिया र पत्रकार महासंघलाई ब्राह्मण नेपाल पत्रकार महासंघ भनेर नामाकरण गरेका थिए।
तनाव भए पनि आदिवासी जनजाती संयूक्त संर्घष समितिका सचिवालय संयोजक पर्शुराम तामाङले शेर्पाको ब्यवहार र अभिब्यक्तिप्रति दुख ब्यक्त गर्दै क्षमा याचना गरेका थिए। उनले आन्दोलनकारीहरुलाई प्रेस, मानवअधिकारबादी, पर्यटक, एम्बुलेन्स, दुध, तरकारीका गाडीमा आक्रमण नगर्न आग्रह समेत गरेका थिए।
क्लबका अध्यक्ष ऋषि धमालले आफूलाई शेर्पाले धम्की दिएको जानकारी दिदै प्रेस माथिको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै त्यसका विरुद्ध सम्पूर्ण पत्रकार, नागरिक समाज, मानवअधिकारबादीलाई एक हुन आब्हान गरे।
तनावको क्रममा रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कक्षको माईक्रोफोन, पोड्रियममा समेत क्षति पुगेको छ।
यसरी भयो सुरू भयो तनाव.. (भिडियो)